एसिया रग्बीको सेमिफाइनलमा नेपाल पराजित

एसिया रग्बीको सेमिफाइनलमा नेपाल पराजित

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को च्यालेन्ज सेमिफाइनलमा पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार बिहान भएको खेलमा पुरुष टोली कतारसँग ३३–० को स्कोरमा पराजित भएको हो ।

नेपाल समूहचरणका तीनवटै खेलमा पराजित भएको थियो । नेपालले अब तेस्रो च्यालेन्जमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी आज भएको अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई २६–१० को स्कोरमा पराजित गरेको छ । फिलिपिन्सले भने बहराइनलाई १९–१४ ले पराजित गरेको छ ।

Logo