लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षकमा शक्ति गौचन नियुक्त

लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षकमा शक्ति गौचन नियुक्त

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल)को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ ।

लुम्बिनी लायन्सका‌ मालिक ईश्वर जिसी र गौचनले शनिबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा गौचनले एनपिएलको आयोजनाले क्रिकेट खेलाडीको व्यावसायिकता र नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।

लुम्बिनीका मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल छन् ।

Logo