लुम्बिनी लायन्स क्लबको कन्सल्ट्यान्ट कोचमा क्रिकेटर शक्ति गौचन नियुक्त

लुम्बिनी लायन्स क्लबको कन्सल्ट्यान्ट कोचमा क्रिकेटर शक्ति गौचन नियुक्त

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । लुम्बिनी लायन्स क्लबले क्रिकेटर शक्ति गौचनलाई कन्सल्ट्यान्ट कोचका रूपमा नियुक्त गरेको छ ।

हिल्टन काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा लुम्बिनी लायन्सले गौचनलाई नियुक्त गरेको हो ।

उक्त कार्यक्रममा क्रिकेटर, खेलाडी, पत्रकार र खेल प्रेमीहरू उपस्थित थिए । गौचनले भने, “लुम्बिनी लायन्स क्लबमा कन्सल्ट्यान्ट कोचका रूपमा आबद्ध हुन पाउँदा म निकै उत्साहित छु । यो क्लबले धेरै सम्भावना बोकेको छ । खेलाडीहरूसँग मिलेर राम्रोसँग प्रशिक्षण गरेर हाम्रो उद्देश्यका निम्ति काम गर्ने चाहना छ । लुम्बिनी लायन्सले नेपाली क्रिकेटको गौरव र लगावलाई प्रतिनिधित्व गर्दछ र यस यात्राको एक हिस्सा हुन पाउँदा म निकै खुशी छु ।”

त्यसै गरी क्लबका चेयरम्यान इश्वर जीसीले भने, “शक्ति गौचनलाई कन्सल्ट्यान्ट कोचका रूपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । वहाँँ धेरै युवा खेलाडीहरूका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । फिल्डभित्र र बाहिर वहाँँले जुन हिसाबले क्रिकेटलाई बुझ्नुभएको छ । त्यो ज्ञानले पक्कै पनि हाम्रो टिमलाई नयाँँ उचाइमा पर्‍याउनेछ ।”

त्यसै गरी क्यानका सेक्रेटरी पारस खड्काले शक्ति गौचनको नियुक्ति लुम्बिनी लायन्स र नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताए । उनको अनुभव र लगनशीलताले धेरै युवा खेलाडीहरूलाई प्रोत्साहन र हौसला मिल्ने खड्काले बताए ।

Logo