ललितनारायण राजवंशी १५ लाखमा जनकपुरमा अनुबन्ध

ललितनारायण राजवंशी १५ लाखमा जनकपुरमा अनुबन्ध

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशी नेपाल प्रिमियर लिग (एनपीएल)मा १५ लाख रुपैयाँमा बिक्री भएका छन् ।

काठमाडौंमा आज भइरहेको एनपीएलको अक्सनमा ग्रेड ‘ए’ क्याटोगोरी रहेका राजवंशीलाई जनकपुर बोल्ट्सले खरिद गरेको हो । उनलाई किन्न आठै टोलीमा इच्छा देखाएका थिए, तर बिड १५ लाखसम्म पुगेपछि गोलप्रथाबाट जनकपुरले बाजी मारेको हो ।

Logo