विनोद भण्डारी एनपीएलमा बिकेनन्

विनोद भण्डारी एनपीएलमा बिकेनन्

केन्द्रबिन्दु
196
Shares

काठमाडौं । नेपालका अनुभवी विकेट किपर विनोद भण्डारी नेपाल प्रिमियर लिग (एनपीएल)मा अनसोल्ड भएका छन् । आज भएको अक्सनमा न्यूनतम मूल्य १० लाख राखेका उनलाई कुनैपनि टोलीले बोली नलगाएका हुन् ।

आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगताको अक्सनमा करिब डेढ सयभन्दा बढी खेलाडी सहभागी रहेको क्यानले जनाएको छ ।

हाल अक्सन जारी छ । अक्सनको ग्रेड ‘ए’ न्यूनतम रु १० लाख र उच्चतम रु १५ लाख राखिएको छभने ग्रेड ‘बी’मा न्यूनतम पाँच लाख र उच्चतम १० लाख छ । त्यस्तै, ग्रेड ‘सी’मा न्यूनतम दुई र उच्चतम रु पाँच लाख तोकिएको छ ।

Logo