नेपाली फुटबल प्रशिक्षक हुमागाईँले पाए ’फिफा–प्रो’ लाइसेन्स

नेपाली फुटबल प्रशिक्षक हुमागाईँले पाए ’फिफा–प्रो’ लाइसेन्स

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । फुटबल प्रशिक्षक प्रदिप हुमागाईँले विश्व फुटबल फिफा अन्तर्गत प्रशिक्षकहरूले प्राप्त गर्ने ‘फिफा–प्रो’ लाइसेन्स प्राप्त गरेका छन् ।

उक्त लाइसेन्स प्राप्त गर्ने उनी पहिलो नेपाली प्रशिक्षक बनेका छन् । प्रदिपले १६ महिनाको लामो अध्ययनपछि मंगलबार अर्जेन्टिनाबाट फिफा प्रो लाइसेन्स प्राप्त गर्न सफल भएका हुन् ।

अमेरिकामा बसेर फुटबल प्रशिक्षणसँगै अध्ययनमा सक्रिय ४३ वर्षीय हुमागाईले धेरैको माया र आशीर्वादका कारणले नै आफूले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकेको प्रतिक्रिया दिए ।

हुमागाईँले सन् २००९ बाट फुटबल प्रशिक्षका रूपमा आफ्नो जीवन सुरुवात गरेका थिए । १५ वर्षको लामो अध्ययन विभिन्न क्लवहरूमा प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै उनले नेपालबाट एफसी ‘बी’ र ‘ए’ क्याटोगोरीको लाइसेन्स समेत प्राप्त गरेका थिए ।

सन् २००३ मा काठमाडौँमा भएको बंगलादेशसंगको मैत्रीपूर्ण खेलमा उनको प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय टिमले ३–१ ले जित हात पारेको थियो । काठमाडौँ विश्वविद्यालयमा महिला प्रशिक्षकका रूपमा सुरुवात गरेका हुमागाईँले नेपाली ए डिभिजनको क्लब थ्रिस्टार क्लब, ललितपुर एफसी, भुटनिज यूथ स्पोर्टस क्लब अमेरिकालगायतको टोली प्रशिक्षण दिएको अनुभव संगालेका छन् । नयाँ उचाइसँगै अब नेपाली राष्ट्रिय फुटबल टिमको नेतृत्व सम्हाल्ने दाबी गरेका छन् ।

Logo