महिला विश्वकपबाट भारत आउट

महिला विश्वकपबाट भारत आउट

केन्द्रबिन्दु
182
Shares

काठमाडौँ । हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय महिला टोलीको यात्रा समाप्त भएको छ । २०२४ को टी–२० विश्वकपमा भारतीय टोली यस प्रतियोगिताको सेमिफाइनलमा पुग्न नसकेको यो आठ वर्षमा पहिलो पटक हो ।

प्रतियोगितामा भारतको सुरुवात राम्रो हुन सकेन र न्युजिल्याण्डसँग हार बेहोरेको थियो । यसपछि भारतले पाकिस्तान र श्रीलंकालाई हराएर आफ्नो आशा जीवित राखेको थियो तर समूह ए को अन्तिम खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।

भारत अष्ट्रेलिया विरुद्ध जित दर्ताको नजिक थियो तर टोलीले अन्तमा विकेट गुमायो र नौ रनले पराजित भयो । भारतको सेमिफाइनल पुग्ने आशा पूर्णतया पाकिस्तान र न्युजिल्याण्डबीचको खेलमा निर्भर थियो । पाकिस्तानको जितले भारतलाई सेमिफाइनलमा पुर्‍याउन सक्थ्यो ।

समूह ‘ए’ बाट अष्ट्रेलिया चारवटै खेल जितेर सेमिफाइनलमा पुगेको थियो भने दोस्रो स्थानका लागि न्युजिल्यान्ड, भारत र पाकिस्तानबीच प्रतिस्पर्धा थियो । भारतको चार खेलमा दुई जित र दुई हारका साथ चार अंक थियो र यो खेलअघि उसको नेट रनरेट न्युजिल्यान्डभन्दा राम्रो थियो । न्युजिल्यान्डले यो खेल हारेमा पाकिस्तान र भारतसँगै चार अंक हुने थियो र नेट रन रेटका आधारमा दोस्रो सेमिफाइनलको टुंगो लाग्ने थियो ।

तर, न्युजिल्यान्डले पाकिस्तानलाई ५४ रनले पराजित गर्दै चार खेलमा तीन जित र एक हारसहित ६ अंक जोडेको छ र अन्तिम चारमा प्रवेश गरेको छ । सन् २०१६ पछि यो पहिलो पटक हो कि न्युजिल्यान्ड टिम टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

भारत पछिल्लो तीन सिजनमा लगातार सेमिफाइनल पुग्न सफल भएको थियो । २०२० मा पनि फाइनलमा पुगेको थियो र उपाधि जित्ने दिशामा अघि बढेको थियो । तर, त्यसबेला फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । उपाधिको खडेरी अन्त्य गर्ने उद्देश्यका साथ दुवई पुगेको भारत सेमिफाइन पनि नपुगी घर फर्किकएको छ ।

सोमबार राति भएको खेलमा न्युजिल्याण्डले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो । जवाफमा पाकिस्तानको टोली ११.४ ओभरमा सबै विकेट गुमाएरु ५६ रनमा समेटिन पुग्यो ।

Logo