अमेरिकाका ओपनर तथा कप्तान मोनांक र अर्का ओपनर साइतेजा आउट

अमेरिकाका ओपनर तथा कप्तान मोनांक र अर्का ओपनर साइतेजा आउट

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । अमेरिकाका ओपनर तथा कप्तान मोनांक पटेल बोल्ड आउट भएका छन् । पटेल ७ बलमा ३ रन बनाउँदै रिजन ढकालद्वारा बोल्ड आउट भएका हुन् ।

पहिलो विकेटका रूपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा आउट भएका थिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए ।

अमेरिकाका लागि अहिले क्रिजमा आरोन जोन्स र आन्द्रेस गौस रहेका छन् । अमेरिकाले अहिले तेस्रो ओभरको समाप्तीमा २ विकेट गुमाएर १० रन जोडेको छ । खेल अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी छ ।

Logo