साफ महिला फुटबल च्याम्पियनसिपः आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदै

साफ महिला फुटबल च्याम्पियनसिपः आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदै

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ । काठमाडौँमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार साढे ३ बजेदेखि शुरु हुने छ ।

त्यस्तै दोस्रो खेल नेपाल र भुटानबीच हुँदै छ । यो खेल नेपाली समय अनुसार साढे ५ बजेदेखि शुरु हुने छ । प्रतियोगितामा पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिइरहेका छन् । नेपाल समूह बीमा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समूह एमा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।

नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिए पनि अहिलेसम्म उपाधि जितेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बंगलादेशले उपाधि जितेको छ ।

Logo