अमेरिकाले चौथो विकेट पनि गुमायो, गुल्सनको बलमा एन्ड्रिज आउट

अमेरिकाले चौथो विकेट पनि गुमायो, गुल्सनको बलमा एन्ड्रिज आउट

केन्द्रबिन्दु
238
Shares

काठमाडौँ । नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा अमेरिकाले चार विकेट गुमाएको छ ।

खेलको एघारौँ ओभरको पहिलो बलमा गुल्सन झाले एन्ड्रिज गोइजको विकेट लिएपछि अमेरिकाको चौथो विकेट गुमाएको हो ।

यसअघि करण केसी र रिजन ढकालले एक–एक विकेट लिँदा एरन जोनसनलाई दीपेन्द्रसिंह ऐरी र आशिफ शेखले रनआउट गरेका थिए । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पेरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर जीतका लागि १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

Logo