दीपेन्द्रसिंह ऐरीले लिए लगातार दुई विकेट, १६ ओभरमा ६ विकेट गुमाएर अमेरिकाको १ सय रन

दीपेन्द्रसिंह ऐरीले लिए लगातार दुई विकेट, १६ ओभरमा ६ विकेट गुमाएर अमेरिकाको १ सय रन

केन्द्रबिन्दु
294
Shares

काठमाडौँ । अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा दिपेन्द्रसिंह ऐरीले अमेरिकाको लगातार दुई विकेट लिएका छन् ।

१६५ रनको लक्ष्य दिएर बलिङ गरिरहेको नेपालका लागि १६ औँ ओभरमा ऐरीले लगातार विकेट लिएका हुन् ।

उनले १६ औँ ओभरको पहिलो बलमा मिलिन्ड कुमारलाई अनिल साहबाट क्याच आउट गराए भने त्यसपछि आएका हरमित सिंहलाई दोस्रो बलमा एलबीडब्लू गराएका हुन् । १६ औँ ओभर सकिँदा अमेरिकाले ६ विकेट गुमाएर १ सय रन बनाएको छ ।

Logo