नेपालले अमेरिकालाई हरायो

नेपालले अमेरिकालाई हरायो

केन्द्रबिन्दु
378
Shares

काठमाडौँ । अमेरिकासँगको पहिलो टी ट्वान्टी क्रिकेटमा नेपाल विजयी भएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरीमा टस जितेर ब्याटिङको निम्तो पाएको नेपाल शुक्रबार सम्पन्न खेलमा १७ रनले विजयी भएको हो ।

नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । अमेरिकाले पूरा २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र १४७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३३ बलमा सर्वाधिक ४९, दीपेन्द्रसिंह ऐरीले २८ र ओपनरद्वय अनिल शाह र आसिफ शेखले समान २७ रन बनाएका थिए । यस्तै गुल्सन झाले ११ र कुशल भुर्तेलले १० रन बनाए । करण केसी र आरिफ सेख चाहिँ गोल्डेन डकआउट भएका थिए ।

Logo