महिला साफ च्याम्पियनसिपमा श्रीलङ्काले माल्दिभ्सलाई हरायो

महिला साफ च्याम्पियनसिपमा श्रीलङ्काले माल्दिभ्सलाई हरायो

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समूह बी अन्तर्गतको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोतिगामा सुखद सुरुआत गरेको हो । श्रीलङ्काको लागि इमिशा अनुराधिनीले गोल गरिन् । उनले खेलको १८औँ मिनेटमा गरेको एक गोल नै श्रीलङ्को लागि निर्णायक गोल सावित भयो । जितसँगै श्रीलङ्काले शीर्ष तीन अङ्क बटुलेको छ ।

सोही समूहमा रहेको नेपालले आज साझ भुटानको सामना गर्दैछ ।

Logo