यू–१९ राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिमका २४ खेलाडी छनोट, खेलाडीहरू बन्द प्रशिक्षणमा

यू–१९ राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिमका २४ खेलाडी छनोट, खेलाडीहरू बन्द प्रशिक्षणमा

केन्द्रबिन्दु
98
Shares

बैतडी । नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमका २४ खेलाडी छनोट भएका छन् ।

डडेल्धुराको परशुराममा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी प्रशिक्षणका निम्ति चयन भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रमुख दीपेन्द्र भण्डारीले बताए ।

प्रतियोगिता कार्तिक १० गतेदेखि विराटनगरमा हुँदै छ । कात्तिक १२ गते सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच पहिलो खेल हुनेछ । प्रतियोगितामा सातवटै प्रदेशका टोली सहभागी हुने नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताए । प्रतियोगिताको अन्तिम खेल कार्तिक २१ गते हुनेछ ।

Logo