अमेरिकाविरुद्धको अन्तिम टी ट्वान्टी आईमा नेपालले अहिले फिल्डिङ गर्दै

अमेरिकाविरुद्धको अन्तिम टी ट्वान्टी आईमा नेपालले अहिले फिल्डिङ गर्दै

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । नेपाल र संयुक्त राज्य अमेरिकाका पुरुष राष्ट्रिय टोलीबीचको टी२० शृङ्खलाअन्तर्गत आज बिहान खेल हुँदै छ । आजको तेस्रो तथा अन्तिम टी ट्वान्टी आईमा नेपालले सुरुमा फिल्डिङ पाएको छ ।

अमेरिकाको ड्यालसमा हुने खेलअघि अमेरिकाले टस जिती ब्याटिङ रोजेपछि नेपालले फील्डिङ गरिरहेको हो ।

अन्तिम टी ट्वान्टी आईमा अमेरिकालाई पराजित गरी नेपाल दोस्रो पटक सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा रहेको छ । यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टी ट्वान्टी आई सिरिज क्लिन स्विप गरेको थियो ।

नेपालले अमेरिकासँगको सिरिज भने एक खेल अगावै आइतबार नै जितिसकेको छ । यसअघिका दुवै खेल नेपालले जिती शृङ्खलाको अन्तिम नतिजा आफ्नो पक्षमा पारिसकेको छ । शुक्रवार बिहान भएको खेलमा नेपाल १७ रनले विजयी भएको थियो । हिजो बिहान भएको दोस्रो खेल नियमित समयभित्रमा बराबरीमा टुङ्गिएपछि सुपर ओभर खेलिएको थियो । त्यसमा नेपाल विजयी भएको थियो । पहिलो टी ट्वान्टी आईमा १७ रनले जीत हासिल गरेको नेपालले दोस्रो खेल सुपर ओभरमा जितेको थियो ।

यो टी ट्वान्टी सिरिजपछि नेपाली टोलीले अमेरिका एसँग ५० ओभरको अभ्यास खेल खेल्नेछ ।

Logo