चेल्सीलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

चेल्सीलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । लिभरपुलले प्रिमियर लिगमा आइतबार राति चेल्सीलाई २–१ ले पराजित गरेको छ । यो जितपछि लिभरपुल केही घण्टापछि नै म्यानचेष्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा फर्किएको छ ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सालाह र कर्टिस जोन्सले गोल गरे । एनपिल्डमा सालाहले २९औँ मिनेटमा पेनाल्टीमा गोल गर्द लिभरपुललाई अग्रता दिलाएका थिए । ४८औँ मिनेटमा निकोलस ज्याक्सनले चेल्सीका लागि बराबरी गोल गरे ।

तर ५१ औँ मिनेटमा जोन्सले सालाहकै पासमा गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । जितपछि लिभरपुलले ८ खेलबाट २१ अंक जोडेको छ र सिटीमाथि १ अंकको अग्रता कायम राख्दै शीर्ष स्थानमा उक्लेको छ ।

Logo