सुदूरपश्चिम रोयल्समा स्कटल्यान्डका ब्रान्डन मक्मलेन अनुबन्ध

सुदूरपश्चिम रोयल्समा स्कटल्यान्डका ब्रान्डन मक्मलेन अनुबन्ध

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपिएल) का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ ।

सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि अनुबन्ध गरेको मक्मलेन पहिलो विदेशी खेलाडी हुन् ।

दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टि ट्वान्टी आईमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टि ट्वान्टी आईमा डेब्यु गरेका थिए । उनी स्कटल्याण्डको ओडिआई टोलीको पनि सदस्य हुन् । २२ ओडिआईमा उनले २ शतक र २ अर्धशतकसहित ७ सय २१ रन बनाएका छन् ।

सुदूरपश्चिम रोयल्सले यसअघि अस्ट्रेलियाका विश्वकप विजेता पूर्वक्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरिसकेको छ । दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । सुदूरपश्चिम रोयल्समा ओलम्पियन दीपक विष्ट ब्रान्ड एम्बेसडर र केपी खनाललाई सोसियल एक्टिभिस्ट एम्बेसडर हुन् ।

Logo