माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल

माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल

केन्द्रबिन्दु
308
Shares

काठमाडौं । घरेलु टोली नेपालले साफ महिला च्याम्पियनसिप फुटबलमा सानदार जित हासिल गरेको छ । आज दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्समाथि ११-० को फराकिलो जित दर्ता गरेको हो ।

नेपालको जितमा रेखा पौडेल एक्लैले ५ गोल गरिन् । यस्तै, प्रिती राईले ह्याट्रिक पूरा गर्दा सविता राना मगर, अमिशा कार्की र अनिता केसीले १/१ गोल गरे ।

पहिलो खेलमा भुटानसँग बराबरीमा रोकिएको नेपालको अब २ खेलमा ४ अंक भएको छ । भुटानको समान ४ अंक भएपनि गोल अन्तरमा नेपाल शीर्ष स्थानमा उक्लिएको छ । श्रीलंकाको ३ अंक हुँदा माल्दिभ्सले खाता खोलेको छैन । अब समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंका खेल्दैछ ।

Logo