यी हुन् विश्वका सबैभन्दा धेरै कमाउने १० फुटबलर [भिडियाे]

यी हुन् विश्वका सबैभन्दा धेरै कमाउने १० फुटबलर [भिडियाे]

केन्द्रबिन्दु
238
Shares

यो वर्ष विश्वका चर्चित फुटबलरहरु क्रिस्टियानो रोनाल्डो, लियोनेल मेसी, केलियन एमबापे, अर्लिङ हाल्याण्डलगायत खेलाडीले कति कमाए ? भन्ने प्रश्न मनमा पक्कै आएको होला ! उमेर ढल्किसकेका मेसी, रोनाल्डो र नेयमारको कमाई बढी कि युवा खेलाडी एमबापे, हाल्याण्ड र भिनिसियस जुनियरको कमाई बढी होला भन्ने प्रश्न मनमा पक्कै उब्जिएको होला !

तपाईंको मनको खुलदुलीलाई पाेख्त मनाउने धनी मानिसहरुको लिष्ट निकाल्ने चर्चित अमेरिकी पत्रिका ‘फोर्ब्स’ले वर्ष २०२४ मा सबैभन्दा धेरै कमाइ गर्ने शीर्ष १० फुटबल खेलाडीको सूची प्रकाशित गरेको छ । सो पत्रिकाले हरेक वर्ष धेरै कमाउने खेलाडीको रिपोर्ट सार्वजनिक गर्ने गरेको छ ।

यस वर्ष सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल खेलाडीमा साउदी क्लब अल नासर तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो नै अग्र स्थानमा रहेका छन् । उमेरले ३९ वर्षका भइसकेका उनले उनले यस वर्ष कूल २१८ मिलियन पाउन्ड कमाइ गरेका छन् । यो कमाइमा रोनाल्डोले ५० मिलियन पाउन्ड व्यावसायिक कमाइ छ भने बाँकी सबै फुटबल खेलाडीका रूपमा तलबबापत कमाई गरेका छन् ।

रोनाल्डोपछि दोस्रो स्थानमा अर्जेन्टिनाका कप्तान एवं अमेरिकी क्लब इन्टर मियामीका फरवार्ड लियोनल मेसी रहेका छन् । उनले यस वर्ष कूल १०३ मिलियन पाउन्ड कमाई गरेको फोर्ब्सले उल्लेख गरेको छ । मेसीले बार्षिक ४६ मिलियन पाउन्ड तलबवापत कमाइ गर्छन् ।

यसैगरी तेस्रो स्थानमा एक वर्षदेखि फुटबलको मैदान बाहिर रहेका साउदी क्लब अल हिलाल तथा ब्राजिलका स्टार नेयमार रहेका छन् । चोटका कारण एक वर्षदेखि फुटबल मैदानमा प्रवेश नगरे पनि नेइमारले यसवर्ष ८५ मिलियन पाउन्ड भन्दा बढीको कमाइ गरेका छन् । नेयमारपछि चौथो स्थानमा साउदी क्लब अल इत्तिहादका फ्रेन्च स्टार करिम बेन्जेमा छन् । उनको कमाइ ८० मिलियन पाउन्ड रहेको छ ।

यसैगरी पाँचौं स्थानमा स्पेनिस क्लब रियल मड्रिड तथा फ्रान्सका स्टार केलियन एमबापे रहेका छन् । फाेर्ब्सका अनुसार उनको कमाइ ६९ मिलियन पाउन्ड रहेको छ । छैटौं स्थानमा इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा नर्वेका स्टार अर्लिङ हाल्याण्ड छन्, उनको कमाइ ४६ मिलियन पाउन्ड रहेको छ ।

सातौं स्थानमा स्पेनिस क्लब रियल मड्रिड तथा ब्राजिलका स्टार भिनिसियस जुनियर रहेका छन् । उनको कमाइ ४२ मिलियन पाउन्ड रहेको छ । आठौं स्थानमा इंग्लिस क्लब लिभरपुल तथा इजिप्टका स्टार मोहमद सलाह छन् । उनको कमाइ ४१ मिलियन पाउन्ड रहेको छ । नवौं स्थानमा साउदी क्लब अल नासर तथा सेनेगलका स्टार साडियो माने छन्, उनको कमाई ४० मिलियन पाउन्ड रहेको छ ।

यसैगरी १०औं स्थानमा इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा बेल्जियन मिडफिल्डर केभिन डे ब्रुयाने रहेका छन्, फाेर्ब्सका अनुसार उनको बार्षिक कमाई ३० मिलियन पाउन्ड रहेको छ ।

Logo