काठमाडौं

पर्वतारोहणको इतिहास लामो भए पनि औपचारिक खेलका रूपमा स्पोर्टस क्लाइम्बिङ नेपालमा भित्रिएको धेरै भएको छैन । "/>

बामे सर्दै गरेको क्लाइम्बिङ खेलमा राम्रो नतिजाको आशा

बामे सर्दै गरेको क्लाइम्बिङ खेलमा राम्रो नतिजाको आशा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पर्वतारोहणको इतिहास लामो भए पनि औपचारिक खेलका रूपमा स्पोर्टस क्लाइम्बिङ नेपालमा भित्रिएको धेरै भएको छैन । भौगोलिक रूपमा नेपाल आरोहीका लागि उर्भरभूमि हो । हजारौं पर्वतारोही जन्माउने क्रममा सयौं कीर्तिमानको सम्पत्ति जोडिसकेको देशले स्पोटस् क्लाइम्बिङमा भने अहिलेसम्म कुनै उल्लेख्य सफलता हासिल गर्न सकेको छैन ।

‘हामी नयाँ छौं । खेलका रूपमा देशको नाम राख्नका लागि पर्याप्त अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुपर्छ । डाँडाकाँडा र हिमाल धेरै भएर मात्र हुँदैन । हिमाल चढ्नु र डाँडाकाँडा चढ्नु भन्दा खेल फरक छ । तर त्यसबाट फाइदा भने अवष्य पुग्छ,’ नेपाल स्पोर्टस क्लाइम्बिङ संघका महासचिव मेघराज पौडेल भन्छन्, ‘पक्कै पनि अन्तर्राष्ट्रिय खेलकुदमा हाम्रो भविष्य राम्रो छ । त्यो राम्रो भविष्य हासिल गर्न हामी वर्तमानमा मिहिनेत गरिरहेका छौं । पहाडी र हिमाली क्षेत्रका मानिसको दैनिकी नै यसका लागि उपयोगी हुन्छ । त्यसलाई व्यवस्थापन गर्न सके धेरै स्तरीय खेलाडी उत्पादन हुन्छन् ।’

नेपाली खेलकुद भित्र बामे सर्दै गरेको स्पोर्टस क्लाइम्बिङले स्थापनापछिको तेस्रो अन्तर्राष्ट्रिय सहभागिताका रूपमा यही भदौ २ देखि १७ गते सम्म इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा हुने १८ औं एसियाली खेलकुदमा सहभागिता जनाउँदै छ । २०६७ सालमा संघ स्थापना भएपछि निरन्तर प्रतियोगिता र खेलाडीहरूलाई अभ्यास गराउँदै आएको बताउने पौडेलले इन्डोनेसियामा नेपाली खेलाडीले शीर्ष १० स्थान हासिल गर्ने अपेक्षा राखे ।
नागरिकबाट

Logo