सन्दिप लामिछाने सिपिएल खेल्न आजै वेस्टइण्डिज जाँदै

सन्दिप लामिछाने सिपिएल खेल्न आजै वेस्टइण्डिज जाँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल र नेदरल्याण्ड बिचको खेलमा उत्कृष्ट बलिँग गरेका सन्दिप लामिछाने सिपिएल खेल्न आजै वेस्टइण्डिज जाने भएका छन् । ग्लोबल टि २० खेलपछि अब सन्दिप फेरि सिपिएल् खेल्नकोलागि आजै वेस्टइण्डिज जाने नेपाल क्रिकेट क्यानले जनाएको छ ।

केहि महिना अगाडि मात्र सन्दिपलाई अक्सनमा एस् के एन् पेट्यट्सले किनेको थियो । आइपिएल् सबैलाई चकित पाररेर सिपिएल्मा आफुलाई सहभागि गराउन सफल सन्दिपले सिपिएल खेल्न मात्र ५ दिन बाँकि रहेको छ । सन्दिपको टीममा बिश्व चर्चित खेलाडिहरु रहेका छन् ।

सन्दिपसँग क्रिस गेल र कार्लाेस बे्रथ्वाइज जस्ता नाम चलेका खेलाडिरहेका छन् । उनले हिजो मात्र सकिएको नेपाल र नेदरल्याण्ड बिचको एकदिवसिय दोश्रो वान् डे सिरिजमा १० ओभर बलिँग गर्दै ४३ रन दिएर ३ विकेट आफ्नो खातामा जम्मा गरेका थिए ।

सोमपाल कामीसँग ब्याटिँगमा पनि उनले अहम भूमिका खेल्दै नेपाललाई जिताउन सफल भएका थिए ।

Logo