काठमाडौँ

अठारौँ एसियाली खेलमा सहभागी हुने नेपाली राष्ट्रिय यु–२३ टोली मैत्रीपूर्ण खेलमा सहभागी हुन शुक्रबार थाइल्याण्ड प्रस्थान गरेको छ । "/>

नेपाली राष्ट्रिय यु–२३ टोली थाइल्याण्ड प्रस्थान

नेपाली राष्ट्रिय यु–२३ टोली थाइल्याण्ड प्रस्थान

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अठारौँ एसियाली खेलमा सहभागी हुने नेपाली राष्ट्रिय यु–२३ टोली मैत्रीपूर्ण खेलमा सहभागी हुन शुक्रबार थाइल्याण्ड प्रस्थान गरेको छ । थाइल्याण्डमा रहँदा नेपाली टोलीले दश दिन बन्द प्रशिक्षण गर्नेछ । सो अवधिमा थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल्न खेल्नेछ ।

प्रशिक्षणका क्रममा टोलीले साउन २२ गते थाइल्याण्डको पुलिस टेरोसँग र साउन २५ गते थाइल्याण्डको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फूटबल संघ (एन्फा) ले जनाएको छ । थाइल्याण्डमा १० दिन अभ्यास गरेपछि एसियाली खेलकूदमा भाग लिने २० सदस्यीय नेपाली यू–२३ टिम इण्डोनेसिया प्रस्थान गर्नेछ । एसियाली खेलकूदको फूटबल तर्फको प्रतिस्पर्धा साउन २९ देखि शुरु हुनेछ ।

एसियाली खेलकूदमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा नेपाल सहित विश्वकपको अन्तिम १६ सम्मको यात्रा गरिसकेको जापान, भियतनाम र पाकिस्तान छन् । मुख्य प्रशिक्षक योतुकु कोजीले आइतबार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट अन्तिम टोली चयन गरेका थिए । एसियाली खेलमा २३ वर्ष मुनिका खेलाडी सहित तीन सिनियर खेलाडी खेल्न पाउने छन् । त्यसका लागि किरणकुमार लिम्बू, रोहित चन्द र भरत खवासलाई टिममा राखिएको छ ।

नेपाली टोलीमा गोलरक्षक किरणकुमार लिम्बू, एलान न्यौपाने र सोजित गुरुङ, डिफेण्डरमा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ छन् । मिडफिल्डरमा रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामगर, अञ्जन विष्ट, अभिषेक रिजाल र तेज तामाङ र फरवार्डमा सुनील बल, भरत खवास, सुमन लामा, विमल घर्तीमगर छन् । मुख्य प्रशिक्षक योतुकु कोजी र सहायक प्रशिक्षक बालगोपाल महर्जन छन् ।
रासस

Logo