काठमाडौँ

शुक्रबार भएको नेपाल र नेदरल्याण्ड वीचको दोस्रो एकदिवसीय खेलमा सन्दिप लामिछानेले नयाँ रेकर्ड राखेका छन् । "/>

नेपाल र नेदरल्याण्ड्स वीच दोस्रो एकदिवसीय खेल : सन्दिपले लिए एउटै ओभरमा २ विकेट !

नेपाल र नेदरल्याण्ड्स वीच दोस्रो एकदिवसीय खेल : सन्दिपले लिए एउटै ओभरमा २ विकेट !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

शुक्रबार भएको नेपाल र नेदरल्याण्ड वीचको दोस्रो एकदिवसीय खेलमा सन्दिप लामिछानेले नयाँ रेकर्ड राखेका छन् । २९ औं ओभर बलिङ गर्न आएका सन्दिप लामिछानेले नेदरल्याण्ड्सका दुई विकेट लिदै नेपाललाई खेलमा फर्काएका हुन । एउटै ओभरमा उनले २ विकेट लिएका थिए ।

सन्दीपले २८ दशमलव ४ ओभरमा ड्यानीयल टेर ब्राकलाई एलबिडब्लु धरापमा पार्दै बेस्ली बरेसीसँगको लामो साझेदारी तोडेका हुन भने त्यसपछि ब्याटिङ गर्न आएका बस डी लिडे समेत २९ औं ओभरको अन्तिम बलमा स्टम्पिङ आउट भएका थिए । सन्दिपले २९ औं ओभरमा २ विकेट लिएपछि नेपाल पुनः खेलमा फर्केको थियो । हिजोको खेल नेपालले आफ्नो पक्षमा पार्दै १ रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

Logo