काठमाडौं

आज भएको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्सलाई १ रनले हराउँदै विजयी भएको छ । "/>

नेपाल दोस्रो एकदिवसीय खेलमा १ रनले विजयी

नेपाल दोस्रो एकदिवसीय खेलमा १ रनले विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आज भएको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्सलाई १ रनले हराउँदै विजयी भएको छ । नेपालले दिएको २१७ रनको लक्ष्यलाई नेदरल्यान्ड्सले सबै ओभर खेल्दा सबै  विकेटको क्षतिमा जम्मा २१५ रन मात्र जोड्न सफल भयो । जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिएको नेपालले निकै संघर्षपूर्ण जित दर्ता गरेको हो । 

अन्तिम अवस्थामा एक बलमा दुर्इ रन चाहिएको अवस्थामा कप्तान पारस खड्काले विकेट लिएपछि दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमा नेपालले नेदरल्यान्ड्सलाई उसैको घरेलु मैदानमा १ रनले पराजित गरेको छ ।

यो सँगै नेपालले एक दिवसीयको डेब्यु खेलमा ब्यहोरेको हारको बदला लिँदै सिरिज बराबरी गर्न सफल भएको छ । नेपालले पहिले ब्याटिङ गर्दै २१६ रन बनाएपछि जबाफी ब्याटिङमा उत्रेको नेदरल्यान्ड सबै १० विकेट गुमाउँदै २१५ रनमा सीमित भएको हो । 

एक विकेट बाँकी रहेको अवस्थामा अन्तिम ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सलाई २ रन चाहिएको थियो । त्यस्तोमा नेपाललाई अनिवार्य विकेट या रन नदिने मात्रै विकल्प थियो । तर, अन्तिम ओभरमा बलिङमा आएका कप्तान पारसले अन्तिम बलमा नेदरल्यान्ड्सको १० औँ विकेट लिन सफल भएपछि नेपालले एक रनको रोमाञ्चक जित निकालेको हो । 

नेपाल आफ्नो दोस्रो एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले नेदरल्यान्ड्सलाई २ सय १७ रनको लक्ष्य दिएको थियो । टस जितेर ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय १६ रन बनायो ।

आजको खेलमा कप्तान पारस खड्काले ५१ र सोमपाल कामीले ६१ रन बनाए । पारस एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धसतकीय पारि खेल्ने दोस्रो खेलाडी बनेका छन् । भने सोमपाल तेस्रो खेलाडी बनेका छन् ।

आजको खेलमा सोमपालले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाएका हुन् । पारसले ६९ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५१ रन बनाए । त्यस्तै सुबास खकुरेल र दीपेन्द्रसिंह एेरीले १९, १९ रन बनाए । ज्ञानेन्द्र मल्लले १३ र अनिल शाहले चार रन बनाए । त्यस्तै रोहित पौडेलले ६ र आरिफ शेखले १६ रनमा आउट भए ।

आजको खेलमा शक्ति गौचन, शरद भेषावाकर र करण केसी तीन खेलाडी परिवर्तन गरी सुवास खकुरेल, रोहित कुमार पौडेल र ललित भण्डारीलाई मौका दिइएको थियो ।

Logo