नेपाल vs नेदरल्याण्ड्स:  नेपालको आठौ विकेट गयो

नेपाल vs नेदरल्याण्ड्स:  नेपालको आठौ विकेट गयो

केन्द्रबिन्दु
0
Shares

टस जितेर ब्याटिङ गरिरहेको नेपालको आठौ विकेट पनि पतन भएको छ । 

बसन्त रेग्मी, आरिफ शेख, पारस खड्का, रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सुबास खकुरेल, ज्ञानेन्द्र मल्ल र अनिल कुमार साह बाहिरिएका हुन् ।

कप्तान पारस खड्काले ३१ ओभरमा अर्धशतक प्रहार गरे । पारसले ६५ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५१ रन बनाएका हुन् । 

रोहित कुमार पौडेलले १५ बल खेल्दै १ चौकासहित ६ रन बनाएर आउट भए। यसअघि १५औं ओभरको पाँचौ बलमा दीपेन्द्र सिंह ऐरी रन आउट भएका थिए। रिपोनको बलमा आउट हुनुअघि ऐरीले १७ बलमा ३ चौकासहित १९ रन बनाए।

यसअघि १२औं ओभरमा सुबास खकुरेल बोल्ड आउट भए । ३३ बल खेलेका खकुरेलले तीन चौका सहित १९ रन बनाएका थिए। त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल ७.३ ओभरमा फ्रेड कासेनको बलमा आउट भए भने ७.६ ओभरमा ज्ञानेन्द्रलाई रिप्लेस गरेका अनिल साह आउट भए ।

पहिलो पटक अनिल कुमार साह ३ बल खेल्दै ४ रन बनाएर बाहिरिए ।

Logo