नेपाल vs नेदरल्याण्ड्स: नेपालको पाचौ विकेट पतन

नेपाल vs नेदरल्याण्ड्स: नेपालको पाचौ विकेट पतन

केन्द्रबिन्दु
0
Shares

टस जितेर ब्याटिङ गरिरहेको नेपालको पाँचौ विकेट पनि पतन भएको छ । रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सुबास खकुरेल, ज्ञानेन्द्र मल्ल र अनिल कुमार साह बाहिरिएका हुन् ।

रोहित कुमार पौडेलले १५ बल खेल्दै १ चौकासहित ६ रन बनाएर आउट भए। यसअघि १५औं ओभरको पाँचौ बलमा दीपेन्द्र सिंह ऐरी रन आउट भएका थिए। रिपोनको बलमा आउट हुनुअघि ऐरीले १७ बलमा ३ चौकासहित १९ रन बनाए।

यसअघि १२औं ओभरमा सुबास खकुरेल बोल्ड आउट भए । ३३ बल खेलेका खकुरेलले तीन चौका सहित १९ रन बनाएका थिए। त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल ७.३ ओभरमा फ्रेड कासेनको बलमा आउट भए भने ७.६ ओभरमा ज्ञानेन्द्रलाई रिप्लेस गरेका अनिल साह आउट भए ।

पहिलो पटक अनिल कुमार साह ३ बल खेल्दै ४ रन बनाएर बाहिरिए ।

Logo