बर्दिया

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र रुपमा भइरहेको युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा ) ले बताएका छन् । "/>

आठौं राष्ट्रिय खेलकुदको तयारी तीब्र

आठौं राष्ट्रिय खेलकुदको तयारी तीब्र

केन्द्रबिन्दु
0
Shares

बर्दिया

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र रुपमा भइरहेको युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा ) ले बताएका छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने जिल्लाहरुमा निर्माणाधीन पूर्वाधारहरुको अनुगमनका क्रममा बर्दिया आएका मन्त्री विश्वकर्माले तोकिएकै समयमा प्रतियोगिता सम्पन्न गर्ने गरी मन्त्रालयले तयारी तीब्र रुपमा अघि बढाएको बताए ।

प्रदेश ५ अन्र्तगत बर्दिया, बाँके, दाङ, कपिलवस्तु लगायतका जिल्लामा राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु सञ्चालन हुने मन्त्री विश्वकर्माले बताए । मंसिर २१ गते देखि २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ३५ खेल समावेश हुने उनले जानकारी दिए । कतिपय रंगशाला तथा कभर्डहल निर्माणाधीन अवस्थामा रहेकाले समयमै काम सम्पन्न गर्न उनले निर्देशन समेत दिए । प्रतियोगिताको तयारीसँगै निर्माणाधीन खेलकुद स्थलहरुको अनुगमनलाई समेत तीब्रता दिइएको उनले बताए ।

बर्दियाको बाँसगढी नगरपालिकामा कबड्डी तथा ठाकुरबाबा नगरपालिकामा खोखो खेलका लागि कभर्ड हल निर्माण भइरहेको छ । दक्षिण एसियाली खेलकुदमा कांस्य पदक प्राप्त गरेका बर्दियाका खोखो खेलाडीलाई मन्त्री विश्वकर्माले सम्मान पनि गरेका थिए ।
अन्नपूर्णबाट

Logo