कोहोली दुई बर्ष यताकै सर्वोत्कृष्ट अन्तराष्ट्रिय क्रिकेटर

कोहोली दुई बर्ष यताकै सर्वोत्कृष्ट अन्तराष्ट्रिय क्रिकेटर

केन्द्रबिन्दु
0
Shares

भारतीय क्रिकेट टीमका कप्तान विराट कोहोली २०१७ र २०१८ को उत्कृष्ट अन्तराष्ट्रिय क्रिकेटर बनेका छन् । बार्मी आर्मी नामको प्रशँसक टोलीले उनलाई सर्वाेत्कृष्ट अन्तराष्टिय क्रिकेटरको अवार्डले सम्मान गरेको हो ।

भारतले एक्सेससँगको अभ्यास खेल सकेलगत्तै बार्मी आर्मी क्लवले विराटलाई उक्त अवार्डले सम्मान गर्दै २०१७ र २०१८ को सर्वोत्कृष्ट अन्तराष्ट्रिय क्रिकेटरको घोषणा गरेको थियो ।

भारतीय क्रिकेट बोर्ड (बीसीसी आई) ले आधिकारीक ट्वीटर एकाउण्टमा अवार्ड समातिरहेको विराटको फोटो पोस्ट गरेको छ । बीसीसी आईले आफ्नो आधिकारिक एकाउण्टमा बार्मी आर्मीले विराटलाई २०१७ र २०१८ को अन्तराष्ट्रियस्तरमा सर्वोत्कृष्ट खेलाडी घोषित गरेको बताएको छ । एक्सेससँगको अभ्यास खेलमा विराटले अर्धशतक बनाएका थिए । भारत र इँग्ल्याण्डको बिचमा यहि अगस्ट १ बाट ५ टेस्ट सिरिज म्याच हुँदैछ ।

Logo