जुरिच

फिफाले वर्षका उत्कृष्ट १० पुरुष खेलाडीको सूचि सार्वजनिक गरेको छ । मंगलबार स्विट्जरल्याण्डको जुरिचमा सार्वजनिक गरिएको सूचिमा ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेइमार भने अटाउन सकेनन् । "/>

फिफाद्वारा वर्षका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक, को को परे ?

फिफाद्वारा वर्षका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक, को को परे ?

केन्द्रबिन्दु
0
Shares

जुरिच

फिफाले वर्षका उत्कृष्ट १० पुरुष खेलाडीको सूचि सार्वजनिक गरेको छ । मंगलबार स्विट्जरल्याण्डको जुरिचमा सार्वजनिक गरिएको सूचिमा ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेइमार भने अटाउन सकेनन् ।

२६ वर्षीय नेइमारले विश्वकप फुटबलमा सोचे अनुसारको खेल प्रदर्शन गर्न नसक्दा ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । गएको सिजन छोटो समयमै पिएसजीका लागि नेइमारले २८ गोल गरेका थिए ।

उत्कृष्ट १० मा विश्वकप विजेता राष्ट्र फ्रान्सबाट ३ खेलाडी परेका छन् । फ्रान्सबाट एन्टोनियो ग्रिजम्यान, राफयल भराने र किलियन एमबाप्पे परेका हुन् । ग्रिजम्यान र भराने स्पेनीस क्लब एथ्लेटिको मड्रिड र एमबाप्पे फ्रान्सेली क्लब पिएसजीबाट व्यवसायिक फुटबल खेल्छन् ।
उत्कृष्ट १० मा पर्न सफल खेलाडीको नामावली
क्रिष्टियानो रोनाल्डो : पोर्चुगल, युभेन्टस
केभिन डि ब्रुइन : बेल्जियम, म्यानचेस्टर सिटी
एन्टोइन ग्रिजम्यान : फ्रान्स, एथ्लेटिको मड्रिड
इडेन हाजार्ड : बेल्जियम, चेल्सी
ह्यारी केन : इङ्ल्याण्ड, टोटेनह्याम
केलियन एमबाप्पे : फ्रान्स, पिएसजी
लियोनल मेस्सी : अर्जेन्टिना, बार्सिलोना
लुका मोड्रिच : क्रोएसिया, रियल मड्रिड
मोहम्मद सलाह : इजिप्ट, लिभरपुल
राफायल भाराने : फ्रान्स, रियल मड्रिड

 

Logo