काठमाडौँ

क्रोएसियाली स्ट्राइकर निकोला कालिनिचले विश्वकप पदक ग्रहण गर्न अस्वीकार गरेका छन् । "/>

क्रोएसियाली स्ट्राइकर कालिनिचद्वारा विश्वकप पदक अस्वीकार !

क्रोएसियाली स्ट्राइकर कालिनिचद्वारा विश्वकप पदक अस्वीकार !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

क्रोएसियाली स्ट्राइकर निकोला कालिनिचले विश्वकप पदक ग्रहण गर्न अस्वीकार गरेका छन् । स्ट्राइकर कालिनिच हालै सम्पन्न रुस विश्वकपमा क्रोएसियाली टोलीको अन्तिम २३ भित्रका खेलाडी हुन् । यद्यपि उनी प्रतियोगिताको बीचमै घर फर्काइएका थिए ।

प्रशिक्षक ज्लाट्को डालिचका अनुसार समूहगत चरणको खेलमा अतिरिक्त खेलाडीका रूपमा मैदानमा प्रवेश गर्न नमानेपछि उनलाई कारबाही स्वरूप घर फर्काइएको थियो । समूहगत चरण अन्तर्गत नाइजेरिया विरुद्धको खेलमा क्रोएसियाले २–० को जित हात पार्दा सो घटना भएको थियो । प्रशिक्षक डालिचका अनुसार उनले कालिनिचलाई खेलको ८५ औं मिनेटमा अतिरिक्त खेलाडीका रूपमा मैदानमा प्रवेश गर्नका लागि भनेका थिए ।

यद्यपि कालिनिचले आफ्नो ढाडमा समस्या भएको भन्दै अतिरिक्त खेलाडीका रूपमा मैदानमा प्रवेश गर्न अस्वीकार गरेको प्रशिक्षक डालिचले बताएका छन् । ‘मैले उनलाई खेलको ८५ औं मिनेटमा अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गर्न भनेको थिएँ । यद्यपि उनले आफ्नो ढाडमा समस्या भएकाले खेल्न नसक्ने जवाफ दिए’, प्रशिक्षक कालिनिचले भने, ‘जब कि उनी पहिले देखि नै मैदानमा जान वार्म अप गरिरहेका थिए । उनको भूमिका शंकास्पद देखिएपछि घर फर्काएको हुँ ।’

उनले खेल्न नमाने पनि सो खेलमा नाइजेरियालाई सहजै पराजित गर्दै क्रोएसिया अघि बढ्यो । फाइनलमा फ्रान्ससँग पराजित भएपछि मात्रै क्रोएसिया उपविजेताको रूपमा घर फर्किएको हो । उनको अनुपस्थितिमा रुस विश्वकपमा हुनुपर्ने २३ मध्ये क्रोएसियाले २२ खेलाडीले मात्रै खेलेको थियो । त्यही २२ खेलाडीले जितेर ल्याएको दोस्रो स्थानको पदक भने कालिनिचले ग्रहण गर्न अस्वीकार गरेको क्रोएसियाली मिडियाले जनाएका छन् ।
अन्नपूर्णबाट

Logo