दोहा

फिफाले रूसमा हालै सम्पन्न विश्व फुटबलको महाकुम्भ विश्वकपलाई अहिले सम्मकै सबैभन्दा सफल र उत्कृष्ट विश्वकपको संज्ञा दिएको थियो । "/>

यसकारण समस्याको घेरामा छ कतार विश्वकप

यसकारण समस्याको घेरामा छ कतार विश्वकप

केन्द्रबिन्दु
0
Shares

दोहा

फिफाले रूसमा हालै सम्पन्न विश्व फुटबलको महाकुम्भ विश्वकपलाई अहिले सम्मकै सबैभन्दा सफल र उत्कृष्ट विश्वकपको संज्ञा दिएको थियो । रूस विश्वकपको समापनसँगै निकै विवादित बनेको कतार विश्वकप २०२२ को चर्चा सुरु भएको छ ।

विश्वकप फुटबलमा हालसम्म पनि सहभागिता जनाउन नसकेको खाडी मुलुक कतारलाई २०२२ को विश्वकप आयोजनाको अधिकार दिने फिफाको निर्णयको चर्को आलोचना हुनुका साथै प्रतियोगिताका बारेमा समेत जिज्ञासा बढ्न थालेको छ । त्यसैले कतार ४ वर्षपछि मध्यपूर्व एसियामा हुन लागेको पहिलो विश्वकपलाई रूसको भन्दा सफल पार्दै विश्व जगतमा आफूलाई प्रमाणित गर्न चाहन्छ ।

खाडी राष्ट्रमा जारी कूटनीतिक नाकाबन्दी, आतंकवादीलाई सहयोग पु¥याएको आरोप, भ्रष्टाचार र मानवअधिकारको दुरुपयोग जस्ता समस्याले पिरोलिरहेको कतार जसरी भए पनि प्रतियोगिता सफल पार्न आतुर छ । फिफाले पहिलो पटक विश्वकपको आयोजना मिति जुन–जुलाईबाट सार्दै २०२२ को विश्वकप नोभेम्बर–डिसेम्बरमा गर्ने निर्णय गरिसकेको छ । प्रतियोगितामा कतिवटा टोलीको सहभागिता रहने भन्ने विषय पनि अन्योलमा छ ।

कतारले मध्यपूर्व एसियामा हुन लागेको विश्वकप आफूहरूका लागि मात्र नभई समग्र क्षेत्रका लागि नै फाइदाजनक दाबी गरिरहँदा त्यहाँको राजनीतिक गतिरोधले भने यो दाबीलाई छायाँमा पारेको छ ।

आतंकबादलाई प्रोत्साहन गरेको र इरानसँग सम्बन्ध बढाएको भन्दै २०१७ जुन महिना देखि छिमेकी राष्ट्र साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्स (युएई) सहितका राष्ट्रले कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । कतारले जुनमा युएई विरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गरेसँगै विगत १३ महिना देखि जारी समस्या समाधानको बाटोमा भन्दा थप गतिरोधको बाटोमा अघि बढेको थियो ।

कतार र छिमेकी राष्ट्रबीचको चिसोपना चुलिएसँगै २०२२ मा आयोजना हुने प्रतियोगिता बारे थप अन्योल बढेको छ । साउदी अरेबिया र युएईले कतारलाई आधिकारिक रूपमा विश्वकप आयोजनाको अधिकार खोस्न माग गरेका थिए । साउदी अरेबिया र युएइको सरकारले आफ्ना नागारिकलाई कतार भ्रमणका लागि समेत रोक लगाएका छन् । कतारले प्रतियोगितामा १५ लाख दर्शक अपेक्षा गरिरहेको छ । ती मध्ये अधिकांश साउदी नागरिक हुने कतारको अपेक्षा छ ।
नागरिकबाट

Logo