पेरिस

फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पेले विश्वकपमा भएको सबै कमाई एक च्यारिटी संस्थालार्इ दान गर्ने निर्णय गरेका छन् । "/>

विश्वकपको ५ करोड ६० लाख आम्दानी एम्बाप्पेले दान गर्ने

विश्वकपको ५ करोड ६० लाख आम्दानी एम्बाप्पेले दान गर्ने

केन्द्रबिन्दु
0
Shares

पेरिस

फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पेले विश्वकपमा भएको सबै कमाई एक च्यारिटी संस्थालार्इ दान गर्ने निर्णय गरेका छन् । योङ्ग प्लेयर अफ द विश्वकपको उपाधि जितेका एम्बाप्पेले पुरै प्रतियोगितामा चार गोल गरेर उपाधि जिताउन अहम् भूमिका खेले ।

एम्बाप्पेले विश्वकपमा करिब ५ करोड ६० लाख रूपैयाँ आम्दानी गरेका थिए । यस आम्दानीलार्इ उनले अस्पतालमा उपचाररत र अपाङ्गता भएका बालबालिकालार्इ दान गर्ने भएका हुन् । यो रकम उनले च्यारिटी संस्था प्रिमियर्स डी कोर्डीलार्इ दिनेछन् जसले खेलसँग सम्बन्धित सामान सित्तैमा उपलब्ध गराउँछ ।

फ्रान्सको पत्रिका एल इक्विपीका अनुसार च्यारिटी संस्था ‘प्रिमियर्स डी कोर्डी’ ले अपाङ्गता भएका बालबालिकालार्इ सघाउनुका साथै स्कुल र व्यवसायका लागि अक्षमता जागरूकता अभियान पनि चलाउँछ । एम्बाप्पेले आफ्ना सहयोगीसँग सल्लाह गरेपछि विश्व कपबाट भएको आम्दानी यसै संस्थालार्इ दिने निर्णय गरेका हुन् ।
अन्नपूर्णबाट

Logo