काठमाडौं

सन् २०२२ को विश्वकप फुटबल आयोजक कतारले नेपाल सरकार समक्ष नेपाली सुरक्षा गार्ड माग गरेको छ । "/>

२०२२ को विश्वकपका लागि कतारले माग्यो नेपाली सुरक्षा गार्ड

२०२२ को विश्वकपका लागि कतारले माग्यो नेपाली सुरक्षा गार्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सन् २०२२ को विश्वकप फुटबल आयोजक कतारले नेपाल सरकार समक्ष नेपाली सुरक्षा गार्ड माग गरेको छ । मंगलबार कतारका राजदूत युसुफ बिन मोहम्मदले गृहमन्त्री राम बहादुर थापासँग मन्त्रालयमा भेट गरी नेपाली सुरक्षा गार्डको प्रस्ताव गरेका हुन् । तथ्यांक अनुसार हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि कतारमा छन् ।

सन् २०२२ मा विश्वकप फुटबलको आयोजना गर्न गइरहेको सन्दर्भमा सुरक्षा गार्डमा ठुलो संख्यामा नेपालीलाई लैजान कतार इच्छुक रहेको जानकारी गराउँदै राजदूत मोहम्मदले त्यसका लागि आवश्यक परे छुट्टै सम्झौता गर्न पनि आफूहरु तयार रहेको बताए ।

जवाफमा गृहमन्त्री थापाले यसबारे छलफल गर्न नेपाल तयार रहेको बताएका थिए । उनले कतारले नेपालीहरुलाई रोजगार दिएकोमा धन्यवाद दिँदै त्यहाँ कार्यरत नेपाली कामदारको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदूतसँग चासो राखेका थिए । सुरक्षा र अन्य क्षेत्रमा समेत दुई देशबीच सहकार्यका लागि उनले आग्रह समेत गरे ।

जवाफमा राजदूत मोहम्मदले नेपाली कामदारको सेवा र सुरक्षामा कतार गम्भीर रहेको जानकारी गराउँदै नेपाल र कतार कुटनीतिक सम्बन्ध यस वर्ष देखि ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गरेका थिए ।भेटमा नेपाल–कतार द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।
नागरिकबाट

Logo