काठमाडौं

रसियाले आयोजना गरेको फिफा विश्वकपको २१ औं संस्करण आइतबार राति सम्पन्न भईसकेको छ । "/>

रसियामा सम्पन्न २१ औं फिफा विश्वकप यस्तो रह्यो (कसले के पाए, कसले कति गोल गरे ?)

रसियामा सम्पन्न २१ औं फिफा विश्वकप यस्तो रह्यो (कसले के पाए, कसले कति गोल गरे ?)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

रसियाले आयोजना गरेको फिफा विश्वकपको २१ औं संस्करण आइतबार राति सम्पन्न भईसकेको छ । जेठ ३१ बाट सुरु भएको विश्वकपले विश्वलाई एक महिना फुटबलमय बनाएको थियो । विश्वकपको उपाधिका लागि भने फ्रान्स र क्रोएसियाले भिडेका थिए ।

गएको एक महिना सम्म चलेको फिफा विश्वकपमा धेरै रोचक कुराहरु देख्न र सुन्न पाइयो । स्टेडियममा पुगेर प्रत्यक्ष म्याच हेर्ने देखि टेलिभिजन र अन्य सञ्चारमाध्यम मार्फत अप्रत्यक्ष म्याच हेरेका दर्शकले उत्कृष्ट गोल, रोमान्चक क्षण र निराशाजनक क्षणहरु देख्न पाए । जस मध्ये केहि सम्झनालायक र महत्वपूर्ण पक्षहरु यस्ता छन्

कसले कति पायो ?
विजेता    रकम (युएस डलरमा)

फ्रान्स    ३८ मिलियन
क्रोएसिया    २८ मिलियन
बेल्जियम   २४ मिलियन
इंग्ल्यान्ड   २२ मिलियन
उरुग्वे, ब्राजिल, स्वीडेन, रुस जनही १६ मिलियन
अर्जेन्टिना, कोलम्बिया, जापान, स्वीट्जरल्यान्ड, स्पेन, मेक्सिको, पोर्चुगल, डेनमार्क जनही १२ मिलियन
समूह चरणमै रोकिएका १६ टोलीले जनही ८ मिलियन प्राप्त गरे । यससँगै कूल पुरस्कार रकम ४०० मिलियन

तथ्यांक
कूल खेल ६४ वटा
कूल गोलसंख्या १६८
समूह चरणमा १२२ गोल
पेनाल्टी २३ गोल
आत्मघाती गोल ११ गोल

गोलकर्ता
६ गोल
ह्यारी केन (इंग्ल्यान्ड)

४ गोल
रोमेलु लुकाकु (बेल्जियम), क्रिस्टियानो रोेनाल्डो (पोर्चुगल) , डेनीस चेरीशेभ (रुस)

३ गोल
इडेन हजार्ड (बेल्जियम), किलियन एम्बाप्पे, एन्टोइन ग्रीजम्यान (फ्रान्स), एडिसन काभानी (उरुग्वे), येरी मीना (कोलम्बिया), आर्टेम डीजुबा (रुस), डिएगो कोस्टा (स्पेन)

२ गोल
सर्जियो अग्वेरो (अर्जेन्टिना), लुका मोड्रिच, मारियो मान्डजुकिच, इभान पेरिसिच (क्रोएसिया), अहमद मुसा (नाइजेरिया), माइल जेडीनाक (अस्टे«लिया), सन हिउंग मीन (दक्षिण कोरिया), फिलिपे कौटिन्हो, नेयमार (ब्राजिल), मोहमद सलाह (इजिप्ट), एन्ड्रेज ग्रानकिस्ट (स्वीडेन), जोन स्टोन्स (इंग्ल्यान्ड), वाहबी खज्री (ट्युनिसिया), टाकाशी इनुई (जापान), लुइस सुआरेज (उरुग्वे)

आत्मघाती गोल ११
अजीज बेहिच (अस्टे«लिया), अजीज बौहाडोउज (मोरोक्को), सर्जेई इग्नाशेभिच (रुस), फर्नान्डीन्हो (ब्राजिल), ओगेनेकारो इटेबो (नाइजेरिया), यान सोमर (स्वीट्जरल्यान्ड), अहमद फाथी (इजिप्ट), थियागो सीओनेक (पोल्यान्ड), डेनीस चेरीशेभ (रुस), यासीन मेरिहा (ट्युनिसिया)
नेपाल समाचारपत्रबाट

Logo