खेल चल्दा चल्दै को छिर्यो मैदानमा ?

खेल चल्दा चल्दै को छिर्यो मैदानमा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
फ्रान्स र क्रोएशिया विचको विश्वकप फाइनल खेल जारी रहँदा खेलको ५२ मिनेटमा चार जनादर्शक मैदान प्रवेश गरेका छन् । मैदान प्रवेश गरेका चार मध्ये एकजना क्रोएशियाका डिफेण्डर डेजानलाभरभसंग ठोक्किन पुगेका थिए ।

सुरक्षकर्मीको आँखा छलेर मैदान प्रवेश गरेका ती चारै जना दर्शकलाई सुरक्षाकर्मीले समातेर बाहिर निकालेका थिए । यी चारै जना फ्रान्स र क्रोएशियाका फ्यानहरु नभइ कुनै तेस्रो मु्लुकका रहेको अनुमान गरिएको छ ।
मस्कोस्थित लुजनीकि मैदानमा जारी खेल हेर्न रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उनका फ्रान्सेली समकक्षी इमानुएलमाक्रों र क्रोएशियाकी राष्ट्रपति पनि मैदानमा उपस्थित छन् । यी नेताका अघि सुरक्षाकर्मीले मैदान प्रवेश गरेका ती चारै जनालाइ निर्मम ढंगले समातेर मैदान बाहिर निकालेका थिए ।

Logo