बिश्वकप फुटबलको २१ औं संस्करण आज नयाँ बिश्व विजेताको निर्णय हुदैं समापन हुनेछ । आज हुने फाइनल खेलवाट बिश्वकप विजेतामा नयाँ राष्ट्रको उदय हुने छ वा सन् १९९८ मै बिजेता भएको राष्ट्र पून: विजेता हुने पक्का रहेको छ । "/>

नयाँ बिजेता बन्ने कि पुरानै आउने

नयाँ बिजेता बन्ने कि पुरानै आउने

केन्द्रबिन्दु
0
Shares

बिश्वकप फुटबलको २१ औं संस्करण आज नयाँ बिश्व विजेताको निर्णय हुदैं समापन हुनेछ । आज हुने फाइनल खेलवाट बिश्वकप विजेतामा नयाँ राष्ट्रको उदय हुने छ वा सन् १९९८ मै बिजेता भएको राष्ट्र पून: विजेता हुने पक्का रहेको छ ।

रसियाको लुझनिकी स्टेडियममा नेपाली समय अनुसार पौने ९ बजे हुने फाइनल खेलमा क्रोएसिया र फ्रान्समा कसले जित निकाल्छन् भन्ने अनुमान सेमिफाइनका खेल भएदेखिन् हुन थालेको छ ।

बिश्वकप शुरु हुनु भन्दा अगाडी धेरैले यसपटकको बिश्वकप अर्जेन्टिना, ब्राजिल, स्पेन, ईंग्ल्याण्ड आदीले जित्ने अनुमान गरेका थिए । फ्रान्सको पक्षमा पनि केही जनमत रहेपनि क्रोएसियाको पक्षमा भने धेरै नै नगन्य समर्थक अन्तराष्ट्रिय बृत्तमा रहेका थिए । तर क्रोएसियाले जुन ढंगले सफलता पाउदैं आयो र फुटबलको पावरहाउस कहलिएका राष्ट्रहरु घर फर्किनु पर्‍यो । त्यसपछि क्रोएसियाले अहिले धेरै नै समर्थकहरु पाउन थालेको देखिन्छ । तर फुटबल समर्थकले जितिने खेल नभएको कारण अन्तिम नतिजासम्म कसले जित्छ भन्ने कुरामा सबैको आ–आफ्नै तर्क रहन सक्छन् ।

फ्रान्स र क्रोएसियालाई फाइनलको यात्रा गराउन टिमनै लागेपनि उक्त टिममा रहेका केही खेलाडीहरुको योगदान फाइनलको यात्रा तय गर्नु भन्दा अगाडी संझनै पर्छ । फ्रान्सलाई यसपटक बिश्वकप फाइनलमा पुर्‍याउन किलियन एम्बाप्पे, एन्टोनी ग्रिजम्यान। पाउल पोग्बा, एन्गोले कान्टे र ह्युषे लोरिसनै महत्वपूर्ण रहेका थिए । यस्तैगरी क्रोएसियालाई फाइनलमा प्रस्तुत गराउन लुका मोड्रिच, इवान रेकिटिच, मारियो मान्जुकिच, इभान पेरिसिच र ड्यानियल सुवासिचको योगदान बढी नै महत्वपूर्ण रहेको छ ।

फ्रान्सले यो बिश्वकपमा १० गोल गर्न सफल भएको छ । जसमा किलियन एम्बाप्पे र एन्टोनी ग्रिजम्यानले ३–३ गोल गरेका छन् । जसको अर्थ फ्रान्सले गरेको कुल गोलमा यि दुई खेलाडीको योगदान ६० प्रतिशत रहेको छ ।

यि दुई खेलाडीले गरेको कुल ६ गोलमा मिडफिल्डर पाउल पोग्बाले २ सय ६४ र एनगोले कान्टेले ३ सय ५१ पास दिएका थिए । यि दुबै खेलाडीले कुल १० गोल बनाउने क्रममा २ हजार ७ सय ७५ पास उपलब्ध गराएका थिए । फ्रान्सलाई फाइनलको यात्रा गराउने क्रममा गोलकिपर ह्युगो लोरिसको पनि योगदान अतुलनिय नै रहेको छ । उनले फ्रान्सले खेलेको खेलेको खेलहरुमा ७३ दशमलब ३ प्रतिशत बचाउन गरेका थिए । जसमा उनले ७ सटलाई त सोझै गोलहुनवाट रोकेकै थिए ।

पहिलो पटक बिश्वकपको फाइनलमा पुग्नका लागि क्रोएसियाले यो बिश्वकपमा १२ गोल गरेको छ । यो बाहेक लुका मोड्रिच र इभान रकिटिचको प्लेमेकर भुमिकालाई धेरै नै महत्वपूर्ण रह्यो । क्रोएसियाले यो बिश्वकपमा गरेको ३ हजार ३ सय ७२ कुल पासहरुमा २३ दशमलब ९४ प्रतिशत पास र मोड्रिच र रेकिटिचविच नै भएको थियो ।

यो टिममा रहेका मोड्रिच, रेकिटिच, मान्जुकिच र पेरिसिचले मिलेर ७ गोल गरेका थिए । क्रोएसियन टिमलाई हेर्ने हो भने उनीहरुमा एउटा वा दुईटा भन्दा धेरै नै गोल स्कोररहरु रहेको देखिन्छ । यस्तैगरी गोलकिपर ड्यानियल सुबासिचले ५ खेलमा ७५ प्रतिशत बचाउन गरेका छन् । सुबासिचले दुई पेनाल्टिलाई समेत रोक्न सफल भएका छन् ।

यो बिश्वकपमा फ्रान्सले अतिरिक्त समयमा जित निकाल्न सकेको छैन । तर क्रोएसियाले नकआउट चरणमा तिन खेलमा अतिरिक्त समयमा जित्न सफल भएको थियो । बिश्वकप फुटबल प्रतियोगितामा फ्रान्स र क्रोएसियाविच १ पटक मात्र प्रतिस्पर्धा भएको थियो । सन् १९९८ को बिश्वकपको सेमिफाइनलमा भएको उक्त प्रतिस्पर्धामा फ्रान्सले क्रोएसियालाई २–१ गोलले पराजित गरेको थियो । अन्तराष्ट्रिय प्रतियोगितामा भने फ्रान्स र क्रोएसियाविच ५ पटक प्रतिस्पर्धा भैसकेको छ । जसमा फ्रान्सले पहिलो तिन प्रतियोगितामा जितेको थियो भने पछिल्लो दुई प्रतिस्पर्धामा भने बराबरीमा चित्त बुझाउनु परेको थियो ।

क्रोएसियाले अतिरिक्त समयमा जित निकालेको कारण सम्भवत आजको खेल पनि अतिरिक्त समयमा जान्छ कि भन्ने अनुमान पनि रहेको छ । बिश्वकप फुटबलको २० औं संस्करणसम्मको ईतिहासलाई हेर्ने भने ७ पटक फाइनल खेल अतिरिक्त समयमा पुगेको छ । जसमा सन् १९९४ र २००६ को बिश्वकपको निर्णय पेनाल्टि सुटआउटवाट भएको थियो । पछिल्लो तिन बिश्वकप २००६, २०१० र २०१४ को बिश्वकपको निर्णय अतिरिक्त समयमै भएको थियो ।

यो बिश्वकपको फाइनलमा पुग्ने १३ औं टिमको रुपमा रहेको छ भने फाइनलमै पुग्ने १० औं युरोपियन टिम पनि हो । बिश्वकप फुटबलको फाइनलको अनुमानलाई हेर्ने हो भने सन् १९९८ को बिश्बकपको फाइनलमा सिट सुरक्षित गर्ने पहिलो राष्ट्रमा फ्रान्स रहेको थियो ।

फ्रान्सले फाइनलमा ब्राजिललाई पराजित गरेर पहिलो पटक उपाधि जित्यो । यसैगरी सन् २०१० को बिश्वकपमा पनि स्पेनले फाइनलमा पुग्ने पहिलो टिम बन्दै फाइनलमा नेदरल्याण्डलाई १–० गोलले हरायो । यही ईतिहासलाई हेर्दै अहिले क्रोएसियाका समर्थकहरु पनि यो बिश्वकपको फाइनलमा क्रोएसियाले फाइनलको सिट पहिला सुरक्षित गरेको कारण उसैले जित्छ भनिरहेका छन् ।

यो बिश्वकपमा हेर्ने हो भने अहिलेसम्म सर्वाधिक गोल गर्ने टिमको रुपमा बेल्जियम रहेको छ । बेल्जियमले यो बिश्वकपमा खेलेको ६ खेलमा १४ गोल गरेको छ भने दोस्रोमा क्रोएसियाले १२, ईंग्ल्याण्डले १२, रसियाले ११ र फ्रान्सले १० गोल मात्र गरेका छन् ।

Logo