काठमाडौं

आज हुने फाइनल खेलका लागि ४–२–३–१ को सम्भावित रणनीतिमा खेल्ने फ्रान्सविरुद्ध क्रोएसियाले ४–१–४–१ को रणनीति अपनाउने सम्भावना छ । "/>

फ्रान्स विरुद्ध क्रोएसिया : कस्तो रहला आजको प्रर्दशन ?

फ्रान्स विरुद्ध क्रोएसिया : कस्तो रहला आजको प्रर्दशन ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आज हुने फाइनल खेलका लागि ४–२–३–१ को सम्भावित रणनीतिमा खेल्ने फ्रान्सविरुद्ध क्रोएसियाले ४–१–४–१ को रणनीति अपनाउने सम्भावना छ । जसअनुसार सुरुवाती ११ मा फ्रेन्च स्ट्राइकिंगको जिम्मेवारी ओलिभर जिरोड एक्लैले लिनेछन् भने उनलाई क्लीयन एम्बाप्पे, ऐन्टोइने ग्रीजम्यान र ब्लाइसे मातुईडी सम्मिलित अट्याकिंग मिडफील्डरहरुले आक्रमणमा साथ दिनेछ ।

पछिल्ला केही खेललाई हेर्ने हो भने गोल अग्रतापछि भने डिफेन्स बलियो पारेर तीब्र गतिको काउन्टर आक्रमणलाई फ्रान्सले अपनाउँदै आएको छ । सशक्त काउन्टर एट्याकका लागि डिफेन्सिभ मिडफील्डर पउल पोग्बा र एन्गोलो कान्तेले फ्रेन्च अग्रपंक्तीलाई लामो पास उपलब्ध गराउनुका साथै ओभरल्यापमा पनि जाने सम्भावना अधिक छ ।

फ्रान्सको आक्रमणलाई राम्ररी बुझेका क्रोएसियाका अनुभवी गोलरक्षक डेनिजेल सुबासिचलाई रक्षापंक्तिमा सिमे भर्सालज्को, डेजन लोभ्रेन, डोमागोज भिडा र इभान स्ट्रीनीचले साथ दिनेछ । जसलाई डिफेन्सिभ मिडफील्डर ब्रोजोभिचले पनि सघाउने छन् । फ्रान्समाथि आक्रमण गर्न क्रोएसियाको मेरुदण्ड मानिएका लुका मोड्रिच सहित एट्याकिंग मिडफील्डरहरु आन्टे रेबिच, इभान राकिटिच, इभान पेरिसिचले स्ट्राईकर मारियो मान्डुजुकीचलाई बल उपलब्ध हरसम्भव प्रयास गर्नेछ ।

जसलाई निस्तेज पार्न फ्रान्सेली गोलरक्षक ह्यूगो लोरिस र डिफेन्डरहरु बेन्जामिन पाभार्ड, रफाइल भराने, सामुएल उम्टीटी र लुकास हर्नान्डेजÞलाई निकै कठिन बन्न सक्नेछ । फ्रेन्च टिम अग्रपंक्ति मात्र भर परेको छैन । सेट पीस प्रहार गर्ने मौकामा फ्रान्सका ३ जना डिफेन्डरहरु पाभार्ड, भराने र उम्टीटीले समेत आफ्नो नाममा एक–एक गोल लेखाईसकेका छन् ।
नेपाल समाचारपत्रबाट

Logo