काठमाडौं । तेस्रो स्थानका लागि आज बेल्जियम र इंग्ल्याण्ड वीच भएको खेलमा बेल्जियम २-० गोल अन्तरले विजयी भएको छ । यससँगै उसले तेस्रो स्थान पक्का गरेको छ । "/>

इंग्ल्याण्डलाई हराउँदै बेल्जियम तेस्रो स्थानमा

इंग्ल्याण्डलाई हराउँदै बेल्जियम तेस्रो स्थानमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । तेस्रो स्थानका लागि आज बेल्जियम र इंग्ल्याण्ड वीच भएको खेलमा बेल्जियम २-० गोल अन्तरले विजयी भएको छ । यससँगै उसले तेस्रो स्थान पक्का गरेको छ । खेलको शुरुमै अग्रता लिएको बेल्जियमले ८१ औं मिनेटमा अर्को गोल गरे पछि जित निश्चित भएको थियो । इंग्ल्याण्डले भने चौथो स्थानमै चित्त बुझाएको छ ।

नेपाली समय अनुसार पौने ८ बजेबाट सुरु भएको खेलमा बेल्जियमले सुरुवाती अग्रता लिएको थियो । बेल्जियमका लागि खेलको चौथो मिनेटमा थोमस म्युनिरले गोल गरेका थिए । विश्वकपको अन्तिम फाइनल खेल भोली फ्रान्स र क्रोएसिया वीच हुँदैछ ।

 

Logo