काठमाडौं

३२ राष्ट्रले सहभागिता जनाएको रसिया विश्वकपमा ६ टिमले १० भन्दा बढी पहेँलो कार्ड पाएका छन् । "/>

फाइनल प्रवेश गरेको क्रोएसियालाई सर्वाधिक १२ पहेँलो कार्ड !

फाइनल प्रवेश गरेको क्रोएसियालाई सर्वाधिक १२ पहेँलो कार्ड !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

३२ राष्ट्रले सहभागिता जनाएको रसिया विश्वकपमा ६ टिमले १० भन्दा बढी पहेँलो कार्ड पाएका छन् । पहिलोपटक फाइनल स्थान पक्का गरेको क्रोएसियाले सर्वाधिक १२ पहेँलो कार्ड पाएको छ ।

रसिया विश्वकपमा अब २ खेल मात्र बाँकी छन् । मैदानमा खेलाडीले फेयर प्ले नदेखाउँदा रेफ्रीले तत्कालै चेतावनीस्वरूप पहेँलो कार्ड देखाउने गरेका छन् । विश्वकपमा समूह चरण देखि क्वार्टरफाइनल सम्ममा भएका कुल ६० खेलमा खेलाडीले २ सय ५ पहेँलो कार्ड पाएका छन् । सेमीफाइनलमा खेलाडीले पाएका पहेँलो कार्ड यसमा समावेस छैनन् । यसपटक ४ वटा रातो कार्ड देखाइएका छन् । कोलम्बियाका कार्लोस सान्चेज विश्वकपकै पहिलो रेड कार्ड पाउने खेलाडी बनेका थिए । लगातार खेलमा पहेँलो कार्ड खाँदा १४ खेलाडी सस्पेन्ड भएका छन् । यसैगरी ६० खेलमा १ सय ५७ गोल भएका छन् ।

विश्वकपमा ३ राष्ट्रले समान १० पहेँलो कार्ड पाएका छन् । अन्तिम १६ बाटै बाहिरिएको कोलम्बियाले ९ पहेँलो तथा एक रातो कार्ड पाएको छ । प्रिक्वार्टरफाइनल सम्म पुगेको स्विट्जरल्यान्डले पनि १ रातो तथा ९ पहेँलो कार्ड बेहोर्‍यो । समूह चरणमा जर्मनी माथि २–० को सनसनीपूर्ण जित निकालेको दक्षिण कोरियाले १० पहेँलो कार्ड पाएको फिफाको रेफ्री कमिटीले जारी गरेको तथ्यांकमा उल्लेख छ । रेफ्रीले प्रतिखेलमा औसत ३.४२ प्रतिशत पहेँलो कार्ड देखाएका छन् ।
नयाँ पत्रिकाबाट

 

Logo