काठमाडौं

गएराती भएको रोमाञ्चक खेलमा क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस गरेको छ । "/>

इंग्ल्याण्डलाई पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकपको उपाधि नजिक

इंग्ल्याण्डलाई पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकपको उपाधि नजिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

गएराती भएको रोमाञ्चक खेलमा क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस गरेको छ । रुसको मस्को स्थित लुज्निकी रङ्गशालामा बुधबार राती सम्पन्न खेलमा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै इतिहास रचेको हो । यसअघि सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा सहभागिता जनाएको क्रोएसिया आयोजकसँग सेमिफाइनलमा २–१ ले पराजित भएको थियो ।

क्रोएसियालाई महत्वपुर्ण जित दिलाउने क्रममा खेलको अतिरिक्त समयमा मारीयो मान्ड्जुकिचको गोल निर्णायक बन्न पुग्यो । मान्डजुकिचले १०९ मिनेटमा इभान पेरिसिचको पासमा ६ यार्ड बक्स भित्रबाट प्रहार गरेको बलले गोलपोष्टको जाली चुम्न पुग्दा क्रोएसिया पहिलो पटक उपाधि नजिक पुगेको हो।

खेलको शुरुवातमा ५ मिनेटमै इंग्ल्याण्डले गोल गर्दै अग्रता बनाएपनि ६९ औं मिनेटमा क्रोएसियाले गोल गरेपछि निर्धारित ९० मिनेटमा १ – १ गोलको बराबरीमा खेल सकिएपछि ३० मिनेट थप गरिएको थियो । अब क्रोएसियाले फाइनलमा फ्रान्ससँग उपाधिका लागि प्रतिश्पर्धा गर्नेछ भने इंग्ल्याण्ड र बेल्जियम तेस्रो स्थानका लागि प्रतिश्पर्धा गर्नेछन् ।

Logo