काठमाडौं

विश्वकपको आज भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सले बेल्जियमलाई १,० ले पराजित गरेको छ । "/>

फ्रान्स विश्वकपको उपाधी नजिक : बेल्जियम एक शून्य गोलले पराजित

फ्रान्स विश्वकपको उपाधी नजिक : बेल्जियम एक शून्य गोलले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकपको आज भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सले बेल्जियमलाई १,० ले पराजित गरेको छ । यो सँगै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बेल्जियमको चुनौती एक शून्य गोलले पन्छाउदै फ्रान्स विश्वकप फुटबलको उपाधी नजिक पुगेको हो ।

रुसको सेन्ट पिटरर्सवर्गमा सम्पन्न अन्तिम चारको खेलमा फ्रान्सले सामुएल उम्टिटीको गोल मार्फत खेलको ५१ औं मिनेटमा अग्रता लिएको थियो । अन्तत त्यही गोल नै फ्रान्सलाइ उपाधी नजिक पुर्याउन पर्याप्त भयो । फ्रान्सको डिफेन्सका अघि बेल्जियमका स्टार खेलाडीहरुको केही पनि चलेको थिएन । खेलमा बेल्जियमले गोलका थुप्रै अवसर खेर फालेको थियो ।

अब फ्रान्सले ईङ्ल्याण्ड र क्रोएशिया विचको विजेता राष्ट्रसंग विश्वकप उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ । क्रोएसिया र ईङ्ल्याण्ड वीचको खेल भने भोलि बुधबार राती ११ः४५ मा हुनेछ ।

 

Logo