काठमाडौं

अहिले ११ः४५ बाट शुरु फ्रान्स र बेल्जियम विचको सेमिफाइनल खेल पहिलो हाफ सकिंदा गोलरहित बराबरीको अवस्थामा रहेको छ । "/>

फ्रान्स र बेल्जियम : पहिलो हाफ गोलरहित बराबरीमा

फ्रान्स र बेल्जियम : पहिलो हाफ गोलरहित बराबरीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

अहिले ११ः४५ बाट शुरु फ्रान्स र बेल्जियम विचको सेमिफाइनल खेल पहिलो हाफ सकिंदा गोलरहित बराबरीको अवस्थामा रहेको छ । दुवै तर्फबाट निकै प्रयास भएपनि गोल भने हुन सकेको छैन । जारी विश्वकपमा यी दुवै टोली हाल सम्म अपराजित छन् । आज दुई मध्ये एक टिम बाहिरिनेछन् । क्रोएसिया र ईङ्ल्याण्ड वीचको खेल भने भोलि बुधबार राती ११ः४५ मा हुनेछ ।

सेमिफाइनलमा पुग्ने टोलीहरुमा बेल्जियम, फ्रान्स, इंग्ल्यान्ड र क्रोएसिया रहेका छन् । यी मध्ये फ्रान्स १९९८ को विश्व च्याम्पियन हो भने इंग्ल्यान्ड १९६६ विश्वकपको विजेता हो । बेल्जियम र क्रोएसियाले भने फाइनल खेल्न पाइरहेका छैनन् । यदि यी दुई टोलीले क्रमशः फ्रान्स र इंग्ल्यान्डलाई हराएमा विश्वकपमा पहिलो पटक विश्व उपाधि नजितेका दुई टोलीबीच फाइनल खेल हुनेछ । र नयाँ विजेता घोषित हुनेछ ।

Logo