काठमाडौँ

रुसमा जारी २१ औं विश्वकपको सेमिफाइनल समीकरण सकिएको छ । आयोजक रुस विश्वकपको समापन समारोहलाई सफलतापूर्वक सम्पन्न गर्ने अभियानमा पनि जुटिसकेको छ । "/>

कतार विश्वकपमा ४८ देश वीच प्रतिश्पर्धा हुने सम्भावना !

कतार विश्वकपमा ४८ देश वीच प्रतिश्पर्धा हुने सम्भावना !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

रुसमा जारी २१ औं विश्वकपको सेमिफाइनल समीकरण सकिएको छ । आयोजक रुस विश्वकपको समापन समारोहलाई सफलतापूर्वक सम्पन्न गर्ने अभियानमा पनि जुटिसकेको छ । यसैक्रममा सन् २०२२ मा कतारमा आयोजना हुने २२ औं विश्वकपको तयारी र सहभागी टोलीको विषयमा गन्थन र बहस फेरि सुरु भएको छ । यसैविच विश्व फुटबल महासंघ (फिफा) ले कतार विश्वकपमै सहभागी संख्या बढाएर ३२ बाट ४८ बनाउन सकिने संकेत दिएको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतारले व्यवस्थापन गर्न सके सहभागी टोलीको संख्याको विषयमा खुला रूपमा छलफल गर्न सकिने बताए । ‘हामी अर्को संस्करण देखि नै १६ टोली थपेर विश्वकपको दायरा फराकिलो बनाउन सक्छौं तर कतारले यस विषयमा आफूलाई तयार गर्न सक्नुपर्छ । मस्कोमा एक महिना अघि नै यस विषयमा छलफल भएको थियो । आयोजकलाई दबाब नदिई उसको अवस्थालाई ध्यानमा राख्नु हाम्रो कर्तव्य हो,’ इन्फान्टिनोले भनेका छन् ।

फिफाको धारणा प्रति कतारका अधिकारी पनि सकारात्मक देखिएका छन् । ‘कतारको दोहामा अहिले विश्वकपलाई लक्षित गरी आठवटा स्टेडियम तयार भइरहेको छ । सहभागी टोली बढाउँदा भौतिक संरचना देखि सबै विषयमा ध्यान दिनुपर्छ । फिफाको प्रस्तावपछि हामी कसरी यसलाई पार लगाउने भन्ने विषयमा सोचिरहेका छौं’, कतार विश्वकप आयोजक कमिटीका सहायक महासचिव नसिर अल खतरले भने ।

मस्कोको ग्लोली पार्कमा शनिबार भएको छलफलमा नसिरले ४८ टोली बनाउँदा कतार र फुटबललाई हानि हुन नहुने धारणा पनि राखेका थिए । ‘सहभागी संख्या बढाउँदा विश्वकप खेलको पुरातन ढाँचामा समेत परिवर्तन गरिनुपर्छ । छनोट भएका ३२ टोली बीच नकआउट खेल खेलाएर १६ टोली छनोट गर्ने र त्यही टोलीसँग फिफा वरीयताको माथिल्लो स्थानमा रहेका १६ टोलीसँग खेलाउनु उचित हुन्छ,’ नसिरको तर्क थियो ।
अन्नपूर्णबाट

Logo