आप्रवासीहरुको संख्या अहिले अधिकांश देशहरुमा बढीरहेको छ । अझ यूरोप, अमेरिका लगायत बिकसित देशहरुमा आप्रबासीको संख्या झनै तिब्र रुपमा बढीरहेको छ । "/>

कुन टिममा कति आप्रावासी खेलाडी छन्

कुन टिममा कति आप्रावासी खेलाडी छन्

केन्द्रबिन्दु
0
Shares

आप्रवासीहरुको संख्या अहिले अधिकांश देशहरुमा बढीरहेको छ । अझ यूरोप, अमेरिका लगायत बिकसित देशहरुमा आप्रबासीको संख्या झनै तिब्र रुपमा बढीरहेको छ । बिकासशिल राष्ट्रहरुमा देखा परिरहेको गरिबी, बेरोजगारी जस्ता समस्याले गर्दा पनि यूरोप र अमेरिका आप्रबासीहरुको मुख्य गन्तब्य बन्दै आएको छ ।

सरकारले आप्रबासीहरुको आगमनलाई समस्याको रुपमा लिएपनि धेरै यूरोपियन मुलुकहरुलाई आप्रवासको रुपमा आएका खेलाडीहरुले ठुलै भरथेग गरेको छ । यो बिश्वकपमा बिभिन्न टिमलाई फाइनल चरणमा पुर्‍याउने र बिश्वकपको उपल्लो सफलता दिलाउनेमा आप्रबासी खेलाडीहरुको योगदान बढी देखिएको छ ।

– जर्मनीमा एक अनुमान अनुसार कुल जनसंख्याको ११ दशमलब ३ प्रतिशत जनसंख्या आप्रबासीको रहेको छ । अहिले जर्मनी टिममा हेर्ने हो भने ३९ प्रतिशत खेलाडी आप्रबासी रहेका छन् ।

– फ्रान्सको कुल जनसंख्याको ६ दशमलब ८ प्रतिशत जनता आप्रबासी रहेका छन् । तर उनीहरुको फुटबल टिममा ७८ दशमलब ३ प्रतिशत खेलाडीहरु आप्रबासी रहेका छन् ।

– स्विजरल्याण्डको कुल जनसंख्यामा २४ प्रतिशत जनता आप्रबासी रहेका छन् । त्यहाँको फुटबल खेलको क्षेत्रमा हेर्ने हो भने ६५ प्रतिशत खेलाडीहरु आप्रबासी रहेका छन् ।

– स्पेनको कुल जनसंख्यामा १० प्रतिशत जनता आप्रबासी रहेको अनुमान गरिन्छ । यो देशको फुटबल क्षेत्रलाई हेर्ने हो भने १७ दशमलब ४ प्रतिशत खेलाडीहरु आप्रबासी रहेका छन् ।

– ईंग्ल्याण्डको कुल जनसंख्यामा ९ दशमलब २ प्रतिशत नागरिकहरु आप्रबासी रहेको अनुमान गरिन्छ । यो देशको फुटबल टिमलाई हेर्ने हो भने ४८ प्रतिशत फुटबल खेलाडी आप्रबासी रहेका छन् ।

– स्विडेनको कुल जनसंख्यामा ८ प्रतिशत जानसंख्या आप्रबासीको रहेको छ । यो देशको फुटबल टिममा हेर्ने हो भने आप्रबासी खेलाडीहरुको संख्या १७ दशमलब ४ प्रतिशत रहेको छ ।

– पोर्चुगलको कुल जनसंख्यामा आप्रबासीहरुको संख्या ३ दशमलब ८ प्रतिशत रहेको छ । यो देशको फुटबल टिममा हेर्ने हो भने ३० प्रतिशत खेलाडीहरु आप्रबासी रहेका छन् ।

– डेनमार्कको कुल जनसंख्यामा ८ दशमलब २ प्रतिशत जनता आप्रबासीहरुको रहेको छ । यो देशको फुटबल खेलमा हेर्ने हो भने १३ प्रतिशत फुटबलर आप्रबासी रहेका छन् ।

– आईसल्याण्डको कुल जनसंख्यामा ८ प्रतिशत जनसंख्या आप्रबासीहरुको रहेको छ । यो देशको फुटबल टिममा हेर्ने हो भने आप्रबासी खेलाडीहरुको संख्या ४ दशमलब ३ प्रतिशत रहेको छ ।

– बेल्जियमको कुल जनसंख्यामा १२ प्रतिशत जनसंख्या आप्रबासीहरुको रहेको छ । यो देशको फुटबल टिममा हेर्ने हो भने आप्रबासी खेलाडीहरुको संख्या ४७ दशमलब ८ प्रतिशत रहेको छ ।

Logo