सेमिमा गए पैसा नै छापिन्थ्यो

सेमिमा गए पैसा नै छापिन्थ्यो

केन्द्रबिन्दु
0
Shares

फिफा बिश्वकपमा रसियाले देखाएको प्रदर्शनवाट हौसिएर रसियाको केन्द्रिय बैंकले रसिया सेमिफाइनलमा पुगेको अवसरमा आधा रुबलको सिक्का निकाल्ने तयारी गरेको थियो ।

यो बिश्वकपमा सहभागि भएका राष्ट्रहरुको वरियताक्रममा पुछारमा रहेरपनि रसियाले राम्रो नतिजा निकाल्दै आफुलाई क्वाटरफाइनलसम्म पुर्‍याएको थियो । यो रसियन टिमको पछिल्लो ठुलो सफलता पनि देखिएको थियो । यदी शनिवार भएको खेलमा रसियाले क्रोएसियालाई क्वाटरफाइनलमा पराजित गरेको भए सेमिफाइनल पुगेको खुशियालीमा केन्द्रिय बैंकले आधा रुबलको सिक्का निकाल्ने अन्तिम तयारीमा गरेको थियो ।

केन्द्रिय बैंकले क्रोएशियासंगको खेल भन्दा अगाडी आफुहरुले उक्त सिक्का निकाल्न लागेको जानकारी आफ्नो सामाजिक संजालको पेजमा सिक्काको डिजाइन पोष्ट गरेर जानकारी दिएका थिए । सिल्भरको आधा ईन्च गोलाकार रहेको उक्त सिक्कामा ‘फिफा २०१८ सकर वल्र्ड कप इन रसिया’ लेखिएको छ ।

रसियामा आधा रुबल पैसा चल्तिमा छैन किनकी रसियामा आधा रुबलकै मुल्य बराबरको फिफ्टी कोपेक चाँही चलनचल्तीमा रहेको छ । केन्द्रिय बैंकले सामाजिक संजालवाट सिक्का छाप्न लागेको जानकारी दिएपछि उक्त सिक्का कति संख्यामा छाप्न लागेको हो भन्ने चर्चा उठेको छ ।

रसियाका बैंकहरुले आफ्नो देशमा कुनै ठुलो उत्सव वा कार्यक्रमहरुको आयोजना हुदाँ सोही कुराको संझनामा पैसा छाप्ने गरेका छन् । जस्तो सन् २०१४ मा सोचीमा आयोजना भएको ओलम्पिक प्रतियोगिता आयोजना भैरहेको समयमा १ सय रुबलको नोट प्रकाशित गरेका थिए ।

आयोजकको हैसियतले सोझै बिश्वकपमा सहभागी भएको रसियाले यो किसिमको सफलता पाउने कुरामा स्वंय रसियनहरु पनि बिश्वस्त रहेका थिएनन् । तर रसियाले समूह चरणमा साउदी अरेबिया र ईजिप्टलाई र प्रिक्वाटर फाइनलमा सन् २०१० को बिश्वकप विजेता स्पेनलाई पराजित गरेर सबैलाई स्तब्ध बनाएको थियो ।

Logo