काठमाडौं । फिफा विश्वकप फुटबलमा सेमिफाइनलको लाइन अप तय भइसकेको छ । मंगलबार पहिलो खेलमा फ्रान्स र बेल्जियम सेन्ट पिटरर्सबर्गमा भिड्नेछन् । "/>

विश्वकपमा युरोपको वर्चस्व, लगातार चौथो पटक उपाधि कब्जा !

विश्वकपमा युरोपको वर्चस्व, लगातार चौथो पटक उपाधि कब्जा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । फिफा विश्वकप फुटबलमा सेमिफाइनलको लाइन अप तय भइसकेको छ । मंगलबार पहिलो खेलमा फ्रान्स र बेल्जियम सेन्ट पिटरर्सबर्गमा भिड्नेछन् । त्यसैगरि दोस्रो खेल लुज्निकी स्टेडियममा इंग्ल्याण्ड र क्रोएशियाबीच हुनेछ ।

सेमिफाइनल र फाइनलको नतिजा जसको पक्षमा रहेपछि विश्वकप उपाधि भने युरोपकै भूमिमा जानेछ । रसिया विश्वकपको उपाधिसँगै युरोपेली मुलुकले लगातार चौथो पटक उपाधि आफ्नो कब्जामा राख्न सफल भएको हुनेछ ।

सन् २००२ को विश्वकपमा ब्राजिल च्याम्पियन बनेको थियो । त्यसपछिका उपाधि भने युरोपेली मुलुकले नै जितेका छन् । सन् २००६ मा इटली, २०१० मा स्पेन र २०१४ मा जर्मनीले उपाधि जितेको थियो । रुस विश्वकपमा पनि युरोपकै एक देशले उपाधि जित्ने पक्का भएको छ ।

१९८२ देखि अहिलेसम्म ४० टिमले अन्तिम ४ मा स्थान बनाएका छन् । जसमा ३१ टिम युरोपका छन् । २०१४ को विश्वकपमा पनि सेमीफाइनलमा पुग्ने टिममध्ये २ युरोपेली टिम (जर्मनी र नेदरल्याण्ड) नै थिए ।

सन् २०१० को विश्वकपमा ३ युरोपेली टिम (स्पेन, नेदरल्याण्ड र जर्मनी) ले अन्तिम ४ मा स्थान बनाएका थिए । उक्त विश्वकपमा एकमात्र दक्षिण अमेरिकी टिम उरुग्वे सेमीफाइनलमा पुगेको थियो ।

विश्वकपमा युरोपको वर्चस्व
पछिल्लो ३६ वर्षयता सेमीफाइनलमा पुग्ने ४० टिम मध्ये ८ मात्रै दक्षिण अमेरिकी टिम थिए । एसियाबाट एक टिम (दक्षिण कोरिया) मात्रै अहिलेसम्म सेमिफाइनल पुग्न सकेको छ । भने अफ्रिाकाबाट अहिलेसम्म कुनै पनि टिम सेमिफाइनल पुग्न सकेको छैन् । रुस विश्वकपमा पनि सहभागि ३२ टिम मध्ये १४ टिम युरोपबाट प्रतिनिधित्व गर्ने टिम थिए । फिफा वरियतामा पनि ३२ टिममा २० टिम युरोपका नै छन् ।

रुस विश्वकपमा सहभागि टिममध्ये प्रि क्वाटरफाइनलमा पुग्ने १६ मध्ये १० युरोपेली टिम थिए । क्वाटर फाइनलमा पुग्ने ८ मध्ये ६ टिम युरोपका नै थिए । र अब सेमीफाइनलमा पुग्ने चार वटै टिम युरोपका नै छन् ।

जारी विश्वकपमा अफ्रिकाबाट ५ टिमको सहभागिता रहेपछि अन्तिम १६ मा कसैले स्थान बनाउन सकेनन् । एसियाबाट पनि ५ टिमको सहभागिता रहेको थियो जसमा जापानले मात्रै अन्तिम १६ मा स्थान बनाउन सक्यो ।

Logo