काठमाडौं
विश्वकप अन्र्तगत रसियामा भएको आजको क्वाटरफाइनल खेलमा इंग्ल्याण्डले स्वीडेनलाई २, ० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । "/>

इंग्ल्याण्ड २ / ० गोल अन्तरले विजयी हुँदै सेमिफाइनलमा

इंग्ल्याण्ड २ / ० गोल अन्तरले विजयी हुँदै सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
विश्वकप अन्र्तगत रसियामा भएको आजको क्वाटरफाइनल खेलमा इंग्ल्याण्डले स्वीडेनलाई २, ० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । स्वीडेन अन्तिम आठबाटै घर फर्किएको छ । खेलको ३० औं मिनेटमा पाएको कर्नरको सदुपयोग गर्दै इंग्ल्याण्डले सुरुवाती अग्रता लिएको थियो । इंग्ल्याण्डका लागि ह्यारी मगुइरले हेड मार्फत पहिलो गोल गरेका थिए । खेलको दोस्रो हाफको ५८ औं मिनेटमा पनि इंग्ल्याण्डले एक गोल थपेर २/० को अग्रता बनाएको थियो ।

विश्वकपमा अहिले सम्म यी २ टोलीले चार पटक बराबरी खेलेका छन् । समूह चरणमा इङ्ल्याण्ड बेल्जियमसँग पराजित भएको थियो भने स्वीडेन जर्मनीसँग पराजित भएको थियो । इङ्ल्याण्डलाई हराएको बेल्जियम ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको छ । तर स्वेडनलाई हराएको जर्मनी भने समूह चरणबाटै बाहिरियो ।

आजै राती ११ः४५ मा दोस्रो खेल क्रोएसिया र आयोजक रसियासँग हुनेछ । गएरातीका खेलहरुमा फ्रान्स र बेल्जियम सेमिफाइनलमा पुगिसकेका छन् ।

Logo