डल्फिनको भविष्यवाणीमा रसिया बिजयी

डल्फिनको भविष्यवाणीमा रसिया बिजयी

केन्द्रबिन्दु
0
Shares

क्वाटरफाइनलको शनिवार हुने अन्तिम खेलमा रसिया र क्रोएशियामा कसले जित्छ भन्ने कौतुहलता सबै दर्शकमा रहेको छ । तर एक जोडी डल्फिनले रसियाको पक्षमा ३–१ ले जित हुने भविष्यवाणी गरेको छ ।

रसियाको यरोस्लाबलमा रहेको डल्फिन केन्द्रमा रहेको मित्या र सोलनिश्को नामक डल्फिनले रसियाको पक्षमा ३–१ ले सफलता हात पर्ने भविष्यवाणी गरेका हुन् । उनीहरुलाई भविष्यवाणी गराउन दुई देशको झण्डा लिएर आउनु पर्ने बताईएको थियो । रसिया र क्रोएशियाको झण्डा बोकेर पौडिदा दुबै डल्फिन पहिलो चरणमा एकै समयमा पुगेका थिए । तर दोस्रो र तेस्रो चरणमा रसियाको झण्डा बोकेको मित्याले सफलता हात पारेको थियो । यही सफलतालाई आधार बनाएर आज राती हुने खेलमा पनि रसियाले क्रोएशियालाई ३–१ ले पराजित गर्ने आशा रसियन समर्थकले राखेका छन् ।

बिश्वकपमा खेल्ने राष्ट्रहरुको फिफा वरियताक्रममा पुछारमा रहेपनि रसियाले साउदी अरेबियालाई ५–० ले, मोरक्कोलाई ३–१ ले पराजित गरेर प्रिक्वाटर फाइनलमा आफ्नो सिट सुरक्षित गरेको थियो । प्रिक्वाटरफाइनलमा रसियाले बिश्वकप विजेता रहिसकेको स्पेनलाई पेनाल्टि सुट आउटमा ४–३ ले पराजित गरेर क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

Logo