बिश्वकपले विवाहको मिति सर्यो

बिश्वकपले विवाहको मिति सर्यो

केन्द्रबिन्दु
0
Shares

ईंग्ल्याण्डले एक पछि अर्को गर्दै सफलता पाउन थालेपछि ईंग्ल्याण्डमा विवाह गर्ने अन्तिम तयारीमा रहेका बरबधुहरुले आफ्नो विवाह समारोहको मिति पछि सार्न थालेका छन् ।

फिफा बिश्वकपमा १२ बर्ष पछि क्वाटरफाइनलमा पुगेको ईंग्ल्याण्डको शनिवार साँझ स्विडेनबिरुद्ध खेल हुदैंछ । ईंग्ल्याण्डमा धेरैले शनिवारको दिन विवाहको मिति तय गरेका थिए । तर ईंग्ल्याण्डको खेल शनिवार नै भएको कारण धेरै बरबधुले निम्तालुहरु बिश्वकप हेर्ने मुडमा रहेको कारण आफ्नो बिवाह समारोहलाई पछि सारेका हुन् ।

ईंग्ल्याण्डको इप्सबिचका दानी जोर्डनको विवाहको मिति शनिवारनै रहेको थियो । उनको दाजुले अधिकांश ब्रिटिसहरु फुटबलमा रमाउने हुनाले विवाह समारोह खल्लो हुन सक्ने देखेर विवाहको मिति पछि सार्न अनुरोध गरे । यस्तै गरेर अहिले त्यहाँको सामाजिक संजालमै शनिवार विवाह हुने दम्पतिको विवाह समारोह खल्लो हुने हुनाले पछि सार्न अनुरोध धेरै प्रयोगकर्ताहरुले गरेका छन् ।

आज हुने खेललाई ईंग्ल्याण्डमा महोत्सवकै रुपमा लिइएको छ । यसपटक धेरै बेलायती समर्थकहरु रसिया गएनन् । रुसी हुल्याहा दर्शकको आक्रमणमा पर्ने डरले पनि धेरै ईंग्ल्याण्डका समर्थकहरु आफ्नै देशमा बसेर बिश्वकप हेरिरहेका छन् । आज हुने खेलका लागि ईंग्ल्याण्डका धेरै खुला स्थानमा ठुला ठुला स्क्रिनहरु लगाईएको छ । यो खेल हुदाँ ईंग्ल्याण्डमा दिउँसै भएको हुन्छ । त्यहाँको तापक्रम २९ डिग्री रहेको छ ।

Logo