प्रिय नेयमार, 

यस पटक पनि तिमी क्वाटरफाइनलबाटै बाहिरियौ है । हामीलाई त थाहा थियो कि तिमीले विगतको जस्तै गल्ती दोहो¥याउँछौ भनेर । "/>

क्षितिजपारीबाट नेयमारलाई मार्मिक पत्र (भिडियोमा)

क्षितिजपारीबाट नेयमारलाई मार्मिक पत्र (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

प्रिय नेयमार, 

यस पटक पनि तिमी क्वाटरफाइनलबाटै बाहिरियौ है । हामीलाई त थाहा थियो कि तिमीले विगतको जस्तै गल्ती दोहो¥याउँछौ भनेर । तर धेरैले त्यो गल्ती सुधारेर अघि जान्छौ होला भनेर अनुमान पनि गरेका थिए । तर तिमीले खोइ सुधार गरेको ? तिमीलाई त थाहा थियो नि, यो खेलमा तिमी एक्लै छैनौ भनेर, तिमीसँगै तिम्रो टिम थियो । तिम्रा करोडौं समर्थक थिए । के उनीहरुको आशालाई तिमीले यति छिट्टै भुल्यौ ? अब के भनेर सम्झाउँछौ उनीहरुलाई ? हेर त उनीहरु कतिधेरै विचलित छन् यतिबेला ।

नेयमार, तिमी खासमा नराम्रो थिएनौ, छैनौ र हुने पनि छैनौ । न तिम्रो टिम नै नराम्रो छ । तर पनि म तिम्रो समर्थक कहिल्यै बन्न सकिन । किनकी तिम्रा समर्थक पहेंलो जर्सीधारी साथीहरुले अरुलाई हेप्ने र आफैंले मात्र खेलको नियम जानेको र अरुले केहि पनि नजानेको भनेर होच्याउने जुन घमण्ड देखाए , त्यसले गर्दा मैंले बाध्य भएर अर्को बाटो रोजेको हुँ । यसमा म आफैं दुखित छु ।

नेयमार, राम्रो प्रर्दशन गर्दा गर्दै पनि ब्राजिलको यसपटकको विश्वकप यात्रा टुंगिएको छ । खेल हो हारजित स्वभाविक पनि हो । यो सामान्य प्रक्रिया हो भन्ने मलाई लाग्दछ । त्यो मैले राम्ररी बुझेको छु , तिमीले पनि पक्कै बुझेका छौ तर तिम्रा ती घमण्डी सर्मथक मित्रहरुलाई पनि यो कुरा बुझाइदेउ न प्लिज । उनीहरुले हामीलाई तिम्रो पक्ष नलाग्ने जति महान शत्रु भनेर आरोप लगाए, खेलको नियम नजान्ने पाखण्डी पनि भनिरहे । तर पनि हामीले धैर्यतालाई कहिल्यै चुक्न दिएनौं । र अन्तिम समय सम्म तिम्रो प्रर्दशन हेरिरहेकै थियौं । यति भनिरहँदा मलाई तिम्रो खेलका बारेमा पनि केहि भन्न मन लागेको छ । पक्कै अनुमती दिन्छौ होला ।

नेयमार, खासमा तिमीले यसपटकको शुरुवाती खेलदेखि नै अलि वढी नै घमण्ड गरेका थियौ के , नाटक पनि त गरेकै हौ नि । सामान्य अवस्थामा पनि बल भन्दा पहिले तिमी गुडीरहेका थियौ । हामीलाई त लागेको थियो तिमी बल नै पो भएछौ कि …। यो त अलि वढी नै नाटक होइन र भन्या ? हुन त तिमीलाई ५ पटक विश्वकप जितेको टिम भनेर घमण्ड पनि थियो होला । हुनु स्वभाविक पनि हो तर के तिमीले यो कहिल्यै सोच्यौ कि विपक्षीलाई कहिल्यै पनि हेप्नु हुँदैन भनेर ? यसमा चैं तिमी नराम्ररी चुकेकै हौ के । तिमीले यति धेरै घमण्ड गरिरहँदा हामीले तिम्रा सर्मथकहरुलाई धेरै घमण्ड नगर्नु भनेर सम्झाउँदा उनीहरुले के भने त्यो त तिमीलाई थाहा नै छैन । हुन त मैले पनि त तिमीलाई भनेको छैन नि , ब्राजिल हारेको दिन मासुभात खानु, वियर ठटाएर बस्नु, तर हेर्दै जानु जिन्दगीमा कहिल्यै ब्राजिलले हार्दैन भन्ने जवाफ फर्काए । के यो सुहाउँदो कुरा थियो त ? तिमी आफैं भन नेयमार, कति घमण्डी रहेछन् तिम्रा सर्मथकहरु ।।

मलाई त थाहा थियो, तिमीले शुरुमा जति धेरै चुरीफुरी गरेपनि अन्तिममा पछारिन्छौ भनेर । अघिल्लो विश्वकपमा पनि त तिमी क्वाटरफाइनलमा जर्मनसँग ७ गोलले पछारिएका थियौ नि , त्यो चैं तिमीले भुल्न नहुने के .. । हुन त यो विश्वकपमा तिमीले ७ गोल त खाएनौ तर करोडौंको आत्मविश्वास त गुमायौ नि यार । के अब पनि यसबाट पाठ नसिक्ने, कहिले सिक्ने ? हामीले खुलेर तिम्रो सर्मथक हुन नपाउने त ? यतातिर अब सोच्नु आवश्यक छ तिमीले ।

नेयमार, यसपटकको विश्वकप पनि अचम्मै लाग्दो भएको छ । त्यो त मैले भन्दा तिमीले धेरै अनुभव गरेका छौ । हेर न आशा गरिएका सबै तिम्रा समकक्षी साथीहरु र टिमहरु यसअघि नै बाहिरि सकेका छन् । तिमी त यहाँ सम्म आइपुग्यौ त्यसअर्थमा तिमीले चित्त बुझाउने ठाउँ होला तर तिम्रा सर्मथकहरु…अँह म उनीहरुको त्यो छटपटि र निराशाको कल्पना पनि गर्न सक्दिन । तर के गर्नु….।

जे होस, हामी खेलको नियम नबुझ्ने नै भएपनि अन्तिम समय सम्म खेल हेरिरह्यौं । यो हाम्रो दोष थियो वा निर्दोषीपन मलाई नै थाहा छैन । अब अर्को विश्वकपमा प्रगती गर्नु है नेयमार ।। हुन त तिमीले मलाई चिन्दैनौ तर विश्वले तिमीलाई चिन्छ । जे भएपनि घमण्डी नबन्नु , यो सन्देश तिमीले आफ्ना सर्मथकहरुलाई पनि सुनाइदेउ ल ।। धैर्यधारण गर्ने शक्ति सबैमा मिलोस । अब अर्को विश्वकपमा राम्रो गर्नु शुभकामना छ नेयमार ।।

उहि तिम्रो क्षितिजपारीको आफ्नो बन्न नसकेको एउटा

शुभचिन्तक
ज्ञानमणि नेपाल कालोटोपी

Logo